काठमाडौं १५ पुस । नेपालको वर्तमान अवस्थाप्रति विदेशमा बस्ने नेपालीहरु चिन्तित बनेका छन् । उनीहरुले नेपालको लोकतान्त्रिक व्यवस्था खतरामा रहेको र त्यसमा जिम्मेवार राजनीतिक दलहरु गम्भीर नबनेको भन्दै मुलुकको अस्तित्व रक्षाका लागि सार्वजनिक सरोकार राख्ने व्यक्तिहरुलाई दबाब समूह निर्माण गर्न र त्यसको नेतृत्व गर्न आग्रह गरेका छन् । अमेरिकामा रहेर नेपालको राजनीति र सुरक्षामा चासो राख्ने सामाजिक अभियान्ता राधाकृष्ण देउजाले वरिष्ठ अधिवक्ता टिकाराम भट्टराइलाई एक पत्र लेख्दै मुलुकको अस्मिता रक्षाका लागि जिम्मेवार नागरिकको हैसियतले दबाब समूह निर्माण गरी त्यसको नेतृत्व गर्न आग्रह गरेका छन् ।
हेरौ उनको पत्र जस्ताको तस्तैः
वरिष्ठ अधिवक्ता श्रद्धय टिकराम भट्टराई सर
हार्दिक अभिवादन !
राष्ट्रको वर्तमान अवस्थाले म र म जस्ता धेरै नेपालीहरु ( स्वदेश र विदेशमा रहेका ) को मन अतालिएको छ र हामी जस्तै यहाँको मनमा पनि चिन्ता छ भन्ने बुझेको हुँदा यो लेख्दै छु । तपाईंलाइ थाहा छ आज कथित वैकल्पिक शक्ति निर्माणको नाउँमा नीति हिन , विचार हिन , नकारात्मकताका व्यापारीहरुको क्लब खडा गरिंदै छ ।
हामीलाई थाहा छ संवैधानिक सर्वोच्चता सहित कानुनी राज भएको व्यवस्थामा वैकल्पिक धार भन्ने कुराकै तुक छैन तर पनि त्यो कथित धारको चर्चा र बढाई चढाई राम्रै चलेकै छ । एकातिर त्यस्तो छ भने अर्को तर्फ स्थापित राजनीतिक दलहरुमा आफु भित्र हुर्कंदै गएको अलोकतान्त्रिक चरित्र , आफ्ना वरिपरी झांगिएका दलाल विचौलिया र भ्रष्टहरुको घेरालाई नियन्त्रण र निषेध गर्नु भन्दा बढावा दिने प्रवृति , अनि आफ्ना कर्मकै कारण जनतामा बढेको असन्तुष्टिकै जगमा सुरुमा जेन जी पुस्ताले आन्दोलन गर्नु पर्ने अवस्था आएर त्यस भित्र घुसपैठ गर्दै अराजकता र आतंक मच्चाइने स्थिति बनेको सत्यलाइ अनदेखा गरिएको छ ।
नेपाली काँग्रेसको नेतृत्व सम्हाल्न पाउनु पर्ने गगन थापा विश्वप्रकाश शर्माहरु कम्जोर बनाइएका छन् । एमालेले समानुपातिकमा आफ्नै पार्टी भित्रका गुट भित्रैबाट पनि चुनाव हार्नेलाइ संस्थापनले उमेदवार बनाउन खोज्ने देखि कथित अर्को पक्ष भन्नेले पनि त्यस्तै त्यस्तै कुरा गर्नेसम्म काम भएको छ ।
यसर्थ,आज पनि पुरानै सोच र शैली अपनाउने काम भैरहेको छ । त्यसैको परिणाम हो कि नेपाली काँग्रेसको नेतृत्व सम्हाल्न पाउनु पर्ने गगन थापा विश्वप्रकाश शर्माहरु कम्जोर बनाइएका छन् । एमालेले समानुपातिकमा आफ्नै पार्टी भित्रका गुट भित्रैबाट पनि चुनाव हार्नेलाइ संस्थापनले उमेदवार बनाउन खोज्ने देखि कथित अर्को पक्ष भन्नेले पनि त्यस्तै त्यस्तै कुरा गर्नेसम्म काम भएको छ ।
नेपाली कम्युनिष्ट पार्टीले पनि भ्रष्टचारमा संलग्न भएको सप्रमाण बाहिर आएका ( आरोप मात्रै लागेको देखि नियोजित मुद्दा लगाइएकाहरुको कुरो हैन है यो ) हरुसंगको स्वार्थी एकताले आफु बलियो भएको ठान्नु पर्ने लगायत धेरै विकृत अवस्था देख्नु परिरहेको छ । उल्लेखित सबैको एक सिधा निष्कर्ष हुन आउँछ–त्यो के भने पुराना दलहरुको जडता अनि कथित वैकल्पिक भनिनेहरुको अराजकताको चेपमा परेर लोकतान्त्रिक गणतन्त्र , कानुनी राज मात्रै हैन राष्ट्रियता नै खतरामा पर्ने अवस्था बनेको छ ।
लोकतान्त्रिक गणतन्त्र र तदअनकुल बनेको संविधानलाइ ध्वस्त हुनबाट जोगाउँदै देशलाइ देश दोहन गर्ने भ्रष्टहरु र देश दहन गर्ने ( आगो लगाउने अराजक आतंककारीहरु )बाट जोगाउन एक सशक्त दबाब समुह निर्माण गर्दै त्यसको नेतृत्व लिन हार्दिक अनुरोध गर्छु ।
त्यसकारण यहाँको बौद्धिकता , निडरता र नेतृत्व क्षमताको सम्मान गर्दै लोकतान्त्रिक गणतन्त्र र तदअनकुल बनेको संविधानलाइ ध्वस्त हुनबाट जोगाउँदै देशलाइ देश दोहन गर्ने भ्रष्टहरु र देश दहन गर्ने ( आगो लगाउने अराजक आतंककारीहरु )बाट जोगाउन एक सशक्त दबाब समुह निर्माण गर्दै त्यसको नेतृत्व लिन हार्दिक अनुरोध गर्छु । हो वरिष्ठ अधिवक्ताको रुपमा आफ्नोमा आएका मुद्दा मात्रै हेर्दै त्यसबाट आर्जित कमाइले आनन्दसंग बाँच्न सक्ने सुविधा तपाईंलाई छ । तर मलाइ थाहा छ– तपाईंलाइै देश दोहन र देशको दहन दुवैले पोल्छ । त्यसैले मेरो सादर अनुरोध छ टिकराम भट्टराई सर यो संगीन घडीमा यहाँले शसक्त भूमिका नखेली भएको छैन ।
देउजाको यो अनुरोधप्रति वरिष्ठ अधिवक्ता टिकाराम भट्टराइले सम्मान प्रकट गर्दै सहमति जनाएका छन् । हेर्नुस वरिष्ठ अधिवक्ता भट्टराई प्रतिक्रियाः



