अवकाशपछि पूर्व प्रहरी महानीरिक्षक चन्द्रकुवेर खापुङले सामाजिक सञ्जालमा कविता मार्फत आक्रोस पोखेका छन् । सिंहदरवारलाई विम्ब बनाएर अहिलेको राजनीतिप्रति कडा व्यग्य र आक्रोुस व्यक्त गरेका हुन् ।
हेरौ पढौ उनको कविता जस्ताको तस्तै
अभिमान र आतङ्कको प्रतीक
सिंहदरबार ,
सत्ता र शक्तिको पर्याय
आकर्षण र आस्थाको धरोहर
सिंहदरबार,
अपेक्षा र आशाको केन्द्र
सिंहदरबार ,
सभ्यता र इतिहासको बिम्ब
सिंहदरबार ,
आज पहिचान फेरिदै छ।
सिंहदरवार आज निरिह देखिदैछ,
लाग्छ,
सिंहराज चारै तिरबाट
हुँडारहरुले घेरिएको छ ,
अलि पर छ अर्को घेरा
अझ हिंस्रक सिकारीहरुको ,
सिंह किंकर्तव्यविमूढ छ
स्वनिर्णय विहिन छ
सिंह आफैं अपेक्षी छ
लाग्दो हो बरु चिडियाखाना ठिक ,
आँधि अघिको सुन्यता जस्तो छ
कोहि सलबलाइ रहेछ्न त
केवल हुँडारहरु !
केवल हुँडारहरु ! !
