काठमाडौं, १५ पुस । समानुपातिक तर्फ ६४ राजनीतिक दल दर्ता,३ हजार ४२४ उम्मेदवार आसन्न निर्वाचनको लागी समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूको दर्ता प्रक्रिया प्रा गरेका छन् । निर्वाचन आयोगका अनुसार मंगलबार बिहानसम्ममा समानुपातिक तर्फ कुल ६४ वटा राजनीतिक दल दर्ता भएका छन्। दर्ता भएका राजनीतिक दलहरूले ५८ वटा निर्वाचन चिन्ह पाएका छन् ।
जसमा ५४ वटा राजनीतिक दलहरुले आफ्नै निर्वाचन चिन्ह प्रयोग गरेका छन् । अन्य १० वटा राजनीतिक दल भने एकल निर्वाचन चिन्ह मा ४ वटा निर्वाचन चिन्ह लिएर दर्ता भएका छन्। समानुपातिक तर्फ दल दर्ता गराउने क्रममा कुल ३ हजार ४ सय २४ जना उम्मेदवार रहेका छन् । राजनीतिक दलका तर्फबाट पेश गरिएका उम्मेदवारहरूले समानुपातिक प्रणालीमार्फत सांसदको लागी प्रतिस्पर्धा जाने भएका छन् ।


