काठमाडौँ, १८ पुस ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको अवलोकन गरेकी छिन् । पूर्वराष्ट्रपति भण्डारीले आज सर्वोच्च अदालतमा पुगेर गत भदौ २४ गते आगजनी भएर जलेको भवनको अवलोकन गरेकी हुन्।
अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले न्यायालयमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै न्यायालय जस्तो ऐतिहासिक धरोहर जल्नु अकल्पनीय भएको बताइन ।
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार पूर्वराष्ट्रपति भण्डारीले अदालतको अवलोकन गरी बारेमा जिज्ञासा राखेकी थिइन् । यसैअघि, जेनजी आन्दोलनपछि पूर्वराष्ट्रपति भण्डारीले सिंहदरबार र संसद् भवनको अवलोकन गरेकी थिइन्।
