काठमाडौँ, २१ पुस ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद फुकुवा गरिएको छ।
भदौ २३–२४ का घटनासँग सम्बन्धित जाँचबुझ आयोगले ओलीको विदेश भ्रमणमा लगाइएको रोक र काठमाडौं उपत्यका बाहिर जान नपाउने निर्णय फुकुवा गर्ने निर्णय गरेको हो।
आयोगको सोमबार बसेको बैठकले यसअघि लागू गरिएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो। यसअघि आइतबार जाँचबुझ आयोगले अध्यक्ष ओलीसँग बयान लिएको थियो।
बयान प्रक्रिया सम्पन्न भएसँगै उनको स्थानहद फुकुवा गरिएको जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए।

