काठमाडौं, २२ पुस ।
एघारौ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव र केन्द्रीय सदस्यमा पराजित विष्णु रिमालले नीति अनुसन्धान प्रतिष्ठानको अध्यक्षको जिम्मेवारी पाएका छन् । यसअघि एमालेमा दोस्रो वरियताको नेताले सम्हाल्दै आएको सो प्रतिष्ठानको जिम्मेवारी केन्द्रीय सचिवालयको बैठकमा ओलीले विरह पोख्दै रिमाललाई दिएको एक पदाधिकारीले जनाकारी दिए ।
विष्णु कमरेड योग्य र क्ष्मतावान नेता हुन यस्तो नेता पराजित हुँदा म अत्यन्तै दुःखी छु उहाँ पार्टीको लागि अत्यन्तै आवश्यक मान्छे हो उहाँको क्षमता पार्टीलाई आवश्यक छ । त्यसैले उहाँलाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी दिऔ’, ओलीको भनाई उद्यृत गदै ती पदाधिकारीले भने ।
एमालेले नवौ महाधिवेशनपछि प्रतिष्ठानको नेतृत्व दोस्रो वरियताका वरिष्ठ एवं पर्व प्रधानमन्त्री नेता झलनाथ खनालले सम्हालेका थिए । त्यस्तै दशौ महाधिवेशनपछि वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सम्हालेका थिए । तर मंगलबारको बैठकले भने दुवैतिर पराजित नेता रिमाललाई सो जिम्मेवारी दिएर ओलीले इश्वर पोखरेलसँग प्रतिशोध साँधेको चर्चा चलेको छ । अर्कोतिर ओलीले आफूपछिको प्रभावशाली र दोस्रो वरियताको नेता रिमाल हो भन्न खोजेको चर्चा समेत एमालेवृत्तमा चलेको छ ।
रिमाललाई अप्रत्यासित रुपमा सो जिम्मेवारीसँगै निर्वाचन परिचालन समितिको सचिव तथा निर्वाचन घोषणापत्र मस्यौदा समितिको सदस्य समेत बनाइएको छ । उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले पूर्वाग्रहपूर्ण भएको भन्दै प्रतिवाद गरेका थिए ।
