काठमाडौं, २३ पुस । एमालेको सचिवालय बैठकमा पदाधिकारीहरुबीच जिम्मेवारी बाँडफाँडलाई लिएर विवाद भएको छ । अल्पकालिन जिम्मेवारी बाँडफाँडपनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले विभेद गरेपछि विवाद भएको हो ।
एमाले उपमहासचिव योगेश भट्टराईले ओलीलाई महाधिवेशनको धङधङीबाट मुक्त भएर पार्टीलाई एकताबद्ध गर्न र जिम्मेवारी बाँडफाँडमा न्याय गर्न आग्रह गरेका थिए । तर ओलीले उनको कुरा सुन्दै नसुनी आफ्नो हिसावले पार्टी नियमावली परिवर्तन गर्ने जिम्मेवारी बाँडफाँड गर्ने गरेका थिए ।
‘पार्टीलाई चुवानमा एकताबद्ध भएर लैजानुपर्छ भन्नुहुन्छ, कार्यविभाजन हेर्दा महाधिवेशनको धङधङीबाट मुक्त हुन भएको देखिएन, हटाउनु पर्ने मान्छेलाई राख्नुहुन्छ, राख्नु राख्नुपर्ने मान्छेलाई हटाउनु हुन्छ, नवौ महाधिवेशन यता दोस्रो वरियताको नेतालाई नीति अनुसन्धानको प्रमुख बनाउदै आइएको थियो, अहिले केन्द्रीय सदस्यबाहिरबाट पनि ल्याउनु हुन्छ यो एउटा विधिमाथि तपाईले गरेको मनोमानी हो’, भट्टराईको भनाई उद्यृत गर्दै स्रोतले भन्यो ।
साथै उनले कसलाई के जिम्मेवारी दिने भन्ने बारेमा पनि विधि बनाएर दिदा उपयुक्त हुन्छ भनेका थिए । ‘यतिबेला कोही साथीहरु केन्द्रीय सदस्यभन्दा बाहिर हुनुहोला तर उहाँहरुलाई जिम्मेवारी दिदा एउटा विधि बनाइयोस, जसले जो कोहीलाई अन्याय नहोस’, भट्टराईको भनाई उद्यृत गर्दै स्रोतले भन्यो ।
