ताराबहादुर कोइराला
नेपाली काँग्रेसको विधानका कतिपय धाराहरु समयानुकूल छैनन् र नेपालको संविधान सँग बाझिएका छन् । कतिपय धाराहरु नेताका हित र सुरक्षाकोलागि व्यवस्था गरिएका छन । केन्द्रीय सदस्य र पदाधिकारीहरु पदेन महाधिवेशन प्रतिनिधि हुने विशेषाधिकार लिनु भएको छ । कुनै जिल्लामा केन्द्रीय सदस्यको खात लागेको छ । कहीँ खाली छ । जिल्ला पार्टी सभापतिलाई पदेन केन्द्रीय सदस्य बनाउदा पार्टीलाई के घाट छ ? त्यस्तै गाउँ पालिका र नगरपालिका सभापतिहरु पदेन महाधिवेशन प्रतिनिधि बनाउदा संगठनमा सकृयता आउथ्यो । महाधिवेशनमा दलितहरुको प्रतिनिधित्व कम छ । अल्पसंख्यक , अपांग , मुस्लिम र मधिसी भनेर यौटै क्लष्टरमा राखेर अन्याय भएको छ ।
नेपाली काङ्ग्रेस दोलखाका पुर्व सभापती लेख्छन:
महामन्त्री गगन थापा र विश्व प्रकाशले विशेष महाधिवेशन गर्ने घोषणा गरे संगै नेपाली काँग्रेस भित्रको विवाद निर्णयाक मोडमा पुगेको छ । तर यो विवाद मोलतोलमा मिल्छ कि हार जितमा टुङ्गिन्छ थाहा छैन । गगन थापाको ईतिहास , चरित्र र चिन्तन हेर्दा मोलतोलमा समस्याको हल हुन्छ भन्ने आम धारणा छ । उहाँको पछिल्लो कार्यकालको कार्यमुल्याँकन गर्दा बाझेर होस् कि खुशी पारेर होस आफ्नो भाग लिने गरेको देखेका छौं । आफुले पाएको भागमा कति न्यायपूर्ण हिसाबमा वितरण गर्नुभयो देखेको भोगेकै कुरा हो ।
प्रश्न भागबण्डाको होइन । गगन थापा जस्ता ” उदयीमान , नयाँ र क्रान्तिकारी ” नेताले पार्टी भित्र विधिविधान , पद्धति र न्यायकोलागि लड्नु पर्थ्यो कि भागबन्डामा रमाउने । मुल प्रश्न हो यो । हालै समानुपातिक सुचि निर्माण गर्दा भागबन्डाबाटै टुङ्गियो । मापदण्ड निर्माण गरेर योग्य ब्यक्ति छनौट गर्नुपर्छ कसैले भनेको सुनिएन ।
नेपाली काँग्रेसको विधानका कतिपय धाराहरु समयानुकूल छैनन् र नेपालको संविधान सँग बाझिएका छन् । कतिपय धाराहरु नेताका हित र सुरक्षाकोलागि व्यवस्था गरिएका छन । केन्द्रीय सदस्य र पदाधिकारीहरु पदेन महाधिवेशन प्रतिनिधि हुने विशेषाधिकार लिनु भएको छ । कुनै जिल्लामा केन्द्रीय सदस्यको खात लागेको छ । कहीँ खाली छ । जिल्ला पार्टी सभापतिलाई पदेन केन्द्रीय सदस्य बनाउदा पार्टीलाई के घाट छ ? त्यस्तै गाउँ पालिका र नगरपालिका सभापतिहरु पदेन महाधिवेशन प्रतिनिधि बनाउदा संगठनमा सकृयता आउथ्यो ।
महाधिवेशनमा दलितहरुको प्रतिनिधित्व कम छ । अल्पसंख्यक , अपांग , मुस्लिम र मधिसी भनेर यौटै क्लष्टरमा राखेर अन्याय भएको छ । टिकट सिफारिस होस कि नियुक्तिहरु वा छनौट प्रक्रिया न्यायपूर्ण र निष्पक्ष छैन । पार्टी भित्र राम्रा मान्छे भन्दा आफ्ना मान्छे छान्नु हुन्छ । महाधिवेशनमा गाउँ , जिल्ला देखि केन्द्र सम्म धाधली हुन्छ । पैसाको लेनदेन हुन्छ ।
मध् मदिराको खोलो बग्छ । गोप्य मतदान गर्ने ठाउँमा भोट माग्नेको जात्रा लाग्छ । केन्द्रीय सदस्यको मतगणनामा यौटाको भोट अर्कालाई जोडेर जिताउने काम हुन्छ । यसमा तपाईं कै मानिसहरु अग्रपंक्तिमा देखिन्छन् । तिनै तपाईंका सारथि छन । टिकट वितरणमा मापदण्ड , मुल्यांकन र पारदर्शिता छैन ।
मान्छे चिन्नु हुन्न । आफ्ना चाटुकार छान्नु हुन्छ । बरु सेर बहादुर देउवासँग विवेक छ , कार्यकर्ता चिन्छन । पिडितको पक्षमा बोल्छन् । तपाईं आफ्नालाई मात्र न्याय गर्नुहुन्छ । संसदीय निर्वाचनमा जुन तह र क्षेत्रको पद छ त्यहीँका कार्यकर्ताबाट उमेदवार छनौट गर्ने पद्धति विकास गर्ने विषय किन तपाईंहरूको ऐजेण्डा बन्दैन ।
पार्टीहरु भित्र विकसित विकृति , विसंगति र बेथितिले राष्ट्रिय राजनिती विकृत भएको तपाईंलाई हेक्का छ कि छैन ? तपाईंको सचिवालय संचालन , मिडिया परिचालन र राजनीतिक गतिविधि चलाउन कहाँबाट पैसा आउछ ? जसरी पनि निर्वाचन जित्ने मनोविज्ञानले संसदीय निर्वाचनमा गाउँ देखि संघीय निर्वाचनहरु सम्म मतदाता खरिद , फजुल खर्च , प्रहरी प्रशासनको प्रयोग र बुथ कब्जा हुने गरेको छ । यो भ्रष्टाचारको मुल कारण हो । कुशासनको सुरुवात हो ।
पार्टी भित्र होस कि राष्ट्रिय राजनितीमा ईमान्दारहरु सिर घोप्ट्याएर डिडनु पर्ने , बैमानहरु शासन गर्ने किन ? यी तमाम विषयमा सुधार गर्ने तपाईंको उत्तरदायित्व थिएन ? दोष जति अरुलाई थोपरेर आफू पानी माथिको को ओभानो कतिञ्जेल बन्नु हुन्छ ? जेन्जीले उठाएका मुद्दा आजभन्दा ३० बर्ष अगाडि पार्टी भित्र उठाउदा धेरै पटक कारबाहीमा पर्ने र पार्टी सभापतिबाट दुई पटक निस्कासन हुने म जस्ता हज्जारौं कार्यकर्ता नेपाली काँग्रेस भित्र छन । तपाईं पनि उठाइ टोबल्नु हुन्थ्यो । जेन्जीको घन सापट लिएर आफ्नै सभापतिको टाउकोमा किन घन ठोकेको । के काँग्रेसको मौलिक विचार , चिन्तन र आदर्श प्रति तपाईंको भरोसा टुटेको हो ?
नेपाली काँग्रेसको महाधिवेशन कुनै अमुक व्यक्तिलाई सभापति बनाउने , दर्जा सिउरिने वा प्रमाणपत्र वितरण गर्ने अखडा होइन । यो त विगतको समिक्षा र आत्मामुल्याङ्कन गर्ने अनि भावी कार्ययोजना बनाएर पार्टीलाई सशक्त , सकृय र प्रभावकारी बनाउने अवसर हो । बर्तमान संकटबाट देशलाई मुक्त गर्ने विधिको खोजी गर्ने हो । हाम्रो गुमेको अन्तरास्ट्रिय साख , बिग्रेको अर्थतन्त्र र गुमेको विश्वास पुनर्स्थापना गर्न निति निर्माण गर्ने हो । जनताको निराशालाई भरोसामा बदल्ने हो । भ्रष्टाचार , कुशासन , न्यायमा दोहोरो मापदण्ड , दोहोरो शिक्षा प्रणाली र नेपाली जनताको दुर्दिनको अन्तकोलागी उपाएहरुको खोजी गर्ने हो । संवृद्ध र शक्ति सम्पन्न राष्ट्र निर्माणको संकल्प लिने हो । समस्या पुस्ता वा पदमा होइन ।
समस्या सभापतिमा मात्र होइन म , तपाईं र सबै नेताकार्यकर्तामा छ तर मुल समस्या हामीमा विकसित गलत चिन्तन , चरित्र , आचार , ब्यवहार , कार्यशैली र मनोवृत्ति हो । हामी सबै नसच्चिए सम्म परिवर्तन सम्भव छैन । हामी यौटै डुङ्गाका यात्री हौ । डुङ्गामा प्वाल खोप्ने काम नगरौं ।
हामीले अनुभव गरेका छैनौं होला तर देश संकटकालमा छ ।
राजनीतिक दलहरु विस्थापित छन् । अदालत , कर्मचारी र प्रहरीको मनोवल गिरेको छ । सेनालाई भरोसा छैन । युवा पुस्ता अलमल , विभाजित र दिसाहिन छ र सरकार दुर्वल छ । देश नेपालीहरुको संयमता , धैर्यता र ईमाले स्वतस्फूर्त चलिरहेको मात्र हो । यौटा पार्टी , समूह वा शक्तिले देश सम्हाल्ने अवस्था छैन । वृहत्तर राष्ट्रिय एकता कायम गरेर देशलाई यो संकटबाट मुक्त गर्नुको विकल्प छैन । यो अवस्थामा सबैले आआफ्ना वाद , विचार र विवादहरु थाती राखेर राष्ट्रिय एकता कायम गर्नु छ । सबै मिलेर देश सम्हाल्नु पर्ने यो बेलामा काँग्रेस भित्रको झगडा असान्दर्भिक छ ।
निर्वाचन नजिक आएको छ । निर्वाचन कुनै हालतमा हुन्छ र भाग लिनुपर्छ भनेर गगन थापा भनिरहेका थिए । आउदो माघ ६ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ । समय कम छ । नेपाली काँग्रेसको विशेष महाधिवेशन सकेर निर्वाचनमा जान कसरी सम्भव छ ? यो समय नेपाली काँग्रेस एकताबद्ध भएर निर्वाचनमा जानुको विकल्प छैन । विशेष महाधिवेशनको बखेडा खढा गरेर कचिंगल मच्चाउनु सत्ता प्रातिको महत्वाकांक्षा बाहेक केही होईन ।
