काठमाडौं, ३० पुस । एमालेले चुनावलाई केन्द्य्रीत गरेर युवा परिचालनमा लागेको छ । विशेष महाधिवेशनसँगै कांग्रेस आन्तरिक विवादमा रुमल्लिएका कारण २१ फागुनको चुनाव प्रभावित हुने आशांका भइरहेकै बेला दोस्रो दल एमालेले भने युवा परिचालन र जनप्रदर्शनसहित चुनाव केन्द्रीत कार्यक्रम गर्न लागेकोहो ।
केन्द्रीय कमिटी बैठकले देशभर युवा परिचालनका लागि क्षितिज थेबेलाई केन्द्रीय संयोजक र समिक बडाललाई सहसंयोजक तथा सातओटै प्रदेशमा अलग–अलग संयोजक तोकेलगत्तै एमालेले देशैभर युवा परिचालन र जनप्रदर्शनको कार्यक्रमहरु तय गरेर चुनावी तयारीमा अगाडि बढिरहेको सचिव महेश बस्नेतले जानकारी दिए ।
वागमतीमा एमालेले प्रदेश कमिटीको आयोजनामा ४ माघमा काठमाडौंको भृकुटीमण्डपबाट चुनाव केन्द्रीत प्रर्दशन गर्ने कार्यक्रम तय गरेको छ । भृकुटीमण्डपबाट जुलुशसहित सुरु हुने प्रदर्शन विभिन्न भाग परिक्रमा गरी कमलादीस्थित प्रज्ञा भवनमा चुनावी सभा गर्ने एमालेको निर्णय छ । सभालाई अध्यक्ष केपी ओलीले सम्बोधन गर्नेछन् ।
सचिव बस्नेतले ६ माघमा उम्मेद्वारी दर्तालगत्तै १० दिनभित्र वागमतीका १ सय पालिकामा युथ भोलण्टियर्स फोर्स, सबै पालिका तहमा अनेरास्ववियुका कमिटीहरुको पुनर्गठन र बिस्तार, टोल सुरक्षा समिति गठन र अर्को १० दिनभित्र सबै वुथ केन्द्रीत ‘‘वन वुथः हण्ड्रेड युथ’’ बुथ सुरक्षा समिति गठन गरिसक्ने जानकारी पनि दिए । ‘यी सबै काम सम्पन्न भएपछि जनतामा सुरक्षाको अनुभूति हुन्छ र सुरक्षाकर्मीको पनि मनोवल उठ्ने भएकाले चुनावी वाताबरण बन्छ भन्ने हामीलाई विश्वास छ’ सचिव बस्नेतले भने,‘जनताले पनि सिंहदरबार जलाएर देशमा विध्वंस मच्चाउने घुसपैठियाहरुलाई राम्रोसँग चिनेर प्रतिवाद गर्नेछन् ।’
वागमतीमा युवा परिचालनको जिम्मेवारी अमित लामाको संयोजनमा क्रान्ति बुर्लाकोटी, निशा अधिकारी र रमेश आचार्य खटिएका छन् । अरु प्रदेशहरुमा पनि एमालेले त्यसैगरी युवा परिचालन र प्रदर्शनसहितका कार्यक्रम तय हुने क्रममा रहेको केन्द्रीय कार्यालय सचिव डा। भीष्म अधिकारीले जानकारी दिए ।
एमाले केन्द्रीय सदस्य तथा केन्द्रीय युवा परिचालन कमिटीका सहसंयोजक समिक बडालले युवा शक्ति एकीकृत गर्दै युवा परिचालन अभियानलाई शक्तिसाली ढंगले अगाडि लैजानेगरी कार्ययोजना निर्माण गरिएको बताए । ‘संगठित युवा, सचेत अभियान’ भन्ने नारासहित चुनावी परिचालन गर्नेगरी प्रत्येक बुथमा बुथ कमिटीहरु बन्नेछन्’ उनले भने ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
दश दिनभित्र पालिकाहरुमा फोर्स र वडाहरुमा ‘हण्ड्रेड युथ बुथ सुरक्षा’ समिति बनाउने, ४ माघमा काठमाडौंमा जनप्रदर्शन
Next Article कांग्रेस विशेष महाधिवेशन : मतदान राति ८ बजेदेखि
