काठमाडौँ, १ माघ ।
प्रधानमन्त्री सुशीला कार्कीले माघी, मकर सङ्क्रान्ति पर्वले सबैलाई एकताबद्ध भई शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छिन्। प्रधानमन्त्री कार्कीले आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दै हामीबीच अझ बढी एकता, सद्भाव र आपसी विश्वासको खाँचो भएको बताइन् ।
“आज माघ १ माघी, मकर सङ्क्रान्ति, माघे सकराती, नाम फरक भए पनि यसको आत्मा एउटै छ, “प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमा जारी गरेको शुभकामना भनिएको छ, “हामी नेपालीबीच प्रेम, सद्भाव, सहिष्णुता र एकताको भावना मजबुत बनाउने पर्व हो ।”
