काठमाडौं, १ माघ ।
पुर्वमन्त्री तथा एमाले नेता गोकुल बास्कोटाले नेपालको राजनीती अस्वभाविक रुपमा उथलपुथलतिर मोडिएको भन्दै कुनैपनी बेला दुर्घटना हुनसक्ने टिप्पणी गरेका छन ।
काङ्ग्रेस विभाजन र रास्वपा अध्यक्ष रवी लामिछानेको सङ्गठित अपराध र सम्पत्ती शुद्धीकरणको मुद्दा फिर्ता लिने दुई महत्वपूर्ण घटनाको भोलिपल्ट बास्कोटाले त्यस्तो टिप्पणी गरेका हुन ।
दुई दशक पत्रकारितामा बिताएर एक गहन राजनीतिक विश्लेषकका रुपमासमेत स्थापित उनको टिप्पणी अर्थपूर्ण मानिएको छ ।
यस्तो छ उनको सामाजिक संजालको टिप्पणी :
- शुभ विहान-मकर मकर सङ्क्रातिको सबैमा शुभकामना!! साँझ ठिकै थियो तर विहान नेपालको राजनीति भयानक संश्रय,तिब्र आशा निराशा र उथलपुथलको मार्गमा दौंडिएछ।था छैन -यो दाँया वा वाँया कता मोडिन्छ?त्यसैले चमत्कार वा खतरनाक दुर्घटना ल्याउछ। र,त्यो त्यति टाढा छैन।
