काठमाडौं, ४ माघ ।
टिकट वितरणमा उपमहासचिव योगेश भट्टराईले फरक मत राखेका छन् । त्यसका तीन आधार उनले प्रस्तुत गरेका छन् । उम्मेदवार छनोटको मापदण्ड नै नबनाएर छनोट गरिएको, पछिल्लो अवस्था÷बाह्य अवस्थालाई अजरअन्दाज गरिएको र आन्तरिक एकतालाई थप कमजोर बनाउने गरी टिकट बाँडिएको उनको भनाइ छ ।
पछिल्ला दुई निर्वाचन ताप्लेजुङबाट जितेका भट्टराईको टिकटको टुंगो लागेको छैन, अध्यक्ष केपी ओलीले टुंग्याउने सूचीमा राखिएको छ । शनिबारको सचिवालय बैठकपछि भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकपा एमालेका प्रिय कमरेडहरू, निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु । अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आग्रह गर्दछु । हाम्रो यात्रा लामो र गौरवपूर्ण छ ।’
