गण्डकी, ५ माघ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । आज दिउँसो पक्राउ परे्का प्रसाईँलाई काठमाडौँ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।
“उहाँको मुद्दा काठमाडौँमा भएकाले उतै पठाउन लागिएको हो”, उनले भने।
यसअघि आइतबार निर्वाचन आयोगले प्रसाईँलाई कारबाही गर्न माग गर्दै प्रहरीको साइबर ब्यूरोमा पत्राचार गरेको थियो । प्रसाईँले केही दिनअघि कांग्रेसको विशेष महाधिवेशन पक्षले आयोगलाई रु ५२ करोड बुझाएको आरोपसहित एक भिडियो सार्वजनिक गरेका थिए। सोही विषयमा आयोगले प्रसाईँलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Next Article चुनावको सम्मुखमा सशस्त्रका ६ डिआइजीको सरुवा
