काठमाडौँ, ५ माघ । सशस्त्र प्रहरीका ६ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुको सरुवा गरिएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले डीआईजीहरुको सरुवा गर्ने निर्णय गरेका हुन् । डीआईजी कुमार न्यौपानेलाई सशस्त्र प्रहरी हेड्क्वार्टरको मानवश्रोत विभागमा सरुवा गरिएको छ । न्यौपाने नम्बर–१ बराह बाहिनीमा कार्यरत थिए ।
लक्ष्मणब हादुर सिंहलाई सुरक्षा परिषद्को सचिवालय, प्रदीप कुमार पाललाई कार्य विभाग र पुरुषोत्तम थापालाई सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।
विष्णु प्रसाद भट्टलाई सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा र मनिष कुमार थापालाई नम्बर–१ बराह बाहिनी मुख्यालय, सुनसरीमा सरुवा गरिएको छ ।
