काठमाडौ,६ माघ।
कैलाली क्षेत्र नं १ बाट नेकपा एमालेले युवा नेता द्वारिका न्यौपानेलाई उम्मेदवार बनाएको छ। जेन–जी आन्दोलनपछि पार्टीले युवालाई नेतृत्वमा अघि सार्ने रणनीतिअनुसार न्यौपानेलाई उम्मेदवार बनाएको हो।

सोही क्रममा न्यौपानेले आज निर्वाचन अधिकृतको कार्यालय पुगेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन्। यसअघि उनी प्रदेश सभा सदस्य पदमा उम्मेदवार भइसकेका छन्।
युवामाझ लोकप्रिय मानिने न्यौपानेले कैलालीको विकास–निर्माणमा केन्द्रीय तहबाट निरन्तर सहयोग गर्दै आएका छन्।
‘उत्पादनलाई राजनीतिसँग जोड्नुपर्छ’ भन्ने मूल नारासहित अभियान सुरु गरेका उनले रोजगारी, उद्यमशीलता र स्थानीय अर्थतन्त्र सुदृढीकरणलाई प्राथमिकतामा राख्दै आएका छन्।
एमालेको युवा नेतृत्वलाई अगाडि ल्याउने निर्णय र न्यौपानेको उम्मेदवारी दर्तालाई स्थानीयस्तरमा सकारात्मक रूपमा हेरिएको छ।

