काठमाडौं, ७ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराएका जगदीश खरेलले उम्मेदवारी दर्ता फाराममा श्रीमतीको नाम नै उल्लेख गरेका छैन । ४३ वर्षीय खरेलले उम्मेदवारी दर्ता गर्दा बाबुआमाको नाम मात्रै राखेर दर्ता गराएका छन् । श्रीमतीको नाम लेख्ने स्थानमा खाली राखिएको छ । ४३ वर्षीय खरेल अविवाहित हुन कि भन्ने मानिसहरुमा भ्रम परेको छ । खासमा उनी विवाहित हुन ।
उनकी श्रीमती पेशाले चिकित्सक छिन् । उनले आफ्नी श्रीमतीको नाम नै किन लुकाए होलान ? भन्ने प्रश्न उठेको छ । उनको यो विषयमा ललितपुर क्षेत्र २ का निर्वाचन अधिकृत कार्यालयका एक अधिकृतले व्यक्तिगत विषयमा धारणा दिन नमिल्ने बताए । ‘यो व्यक्तिगत विषय हो’, कार्यालय स्रोतले भन्यो । उनी हतारमा भए वा श्रीमतीको नाम उल्लेख गर्न चाहेनन भन्ने बारेमा पनि कौतुहलता पैदा भएको छ ।
एमाले, कांग्रेस राप्रपा हुँदै रास्वपामा प्रवेश गरेका खरेल मुलतः टेलिभिजनकर्मी थिए । जसले हाल नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रीको पद सम्हालिरहेका छन् छन् । इमेज टेलिभिजनका निवर्तमान प्रधानसम्पादक समेत रहेका उनी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको नेपालको अन्तरीम मन्त्रीपरिषदमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा २२ सेप्टेम्बर २०२५ नियुक्त भएका थिए । मन्त्रीपरिषदमा रहेका बेला सांसद हुने रहर लागेर ललितपुर २मा उम्मेदवारी दिएका छन् ।

