काठमाडौं, ८ माघ । कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका रेशम चाैधरीको उम्मेदवारी खारेज भएको छ । निर्वाचन अधिकृतको कार्यालयले चाैधरीको उम्मेदवारी खारेज गरेको हो । निर्वाचन अधिकृत देवराज भारतीले शिलापत्रसँग भने, ‘उहाँ (रेशम चाैधरी)को उम्मेदवारी खारेज भएको छ ।’ चाैधरी ७ भदाै २०७२ मा भएको टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन् । उनी राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भएका थिए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleप्रधानमन्त्रीको आकांक्षीले भोली सहकार्यको ढोका बन्द गर्ने हो ?
Next Article जाँचबुझ आयोगको म्याद २० दिन थप
