काठमाडौ ,१५ माघ
काठमाडौँको मूलपानी क्षेत्रमा लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। गएराति भएको कारबाहीका क्रममा लुटेरा समूहका एक नाइके घाइते भएका छन्। घाइते नाइकेको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नियन्त्रण प्रयासका क्रममा लुटेरा समूहबाट आक्रमणको प्रयास भएपछि आत्मरक्षाका लागि दुई राउन्ड गोली चलाइएको हो।
उपत्यकाका विभिन्न स्थानमा लुटपाट गर्दै आएका १० जनालाई प्रहरीले पक्राउ गरेको छ। कारबाहीका क्रममा दुई प्रहरी पनि घाइते भएका छन्। पक्राउ परेकाहरूको नाम अनुसन्धान जारी रहेकाले हाल सार्वजनिक गरिएको छैन।
