काठमाडौं, १५ माघ ।
नेकपा एमालेको तर्फबाट अघि बढेका द्वारिकाप्रसाद न्यौपाने यतिबेला इतिहास रच्ने दाउमा छन् । शालीन, भद्र र वैचारिक नेताको रुपमा परिचय कमाएका न्यौपानेलाई सबै दलका नेता कार्यकर्ताहरुले सहानुभूति राखिरहेका छन् ।
झट्ट हेर्दा थारु समाज, थारु बस्ती रहेको कैलाली क्षेत्र नम्बर १ रेशमलाल चौधरीको तत्कालीन नागरिक उन्मुक्ति पार्टीको आधार इलाका जस्तो देखिन्छ । विगत १० वर्षको अवस्थालाई हेर्ने हो भने चौधरीको आधार इलाका रहेको प्रष्ट हो । तर १० वर्षमा टिकापुर मात्र होइन कैलाली क्षेत्र नं १ लाई नयाँ उभार छ , जोश छ र नयाँलाई हेर्ने रहर छ ।
नेकपा एमालेको तर्फबाट अघि बढेका द्वारिकाप्रसाद न्यौपाने यतिबेला इतिहास रच्ने दाउमा छन् । शालीन, भद्र र वैचारिक नेताको रुपमा परिचय कमाएका न्यौपानेलाई सबै दलका नेता कार्यकर्ताहरुले सहानुभूति राखिरहेका छन् ।
२०७४ को चुनावमा रेशमलाल चौधरी टीकापुर हत्याकाण्डका कारण भूमिगत रहेकै बेला भारी मतका साथ विजयी भएका थिए । त्यसयता उनले आफ्नो बचश्व कायम गर्दै गए । तर यतिबेला उनी आफू उम्मेदवार छैनन । उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको छ ।
२०७४ सालमा प्रहरीको फरार सूचीमा रहेका उनले वारेसमार्फत राष्ट्रिय जनता पार्टी (राजपा) का तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए । यसपछि चौधरीले जेल जीवन बिताइरहेकै बेला पत्नी रञ्जिता श्रेष्ठको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) गठन गराए । उक्त पार्टीले पनि २०७९ को प्रतिनिधि सभा निर्वाचनमा कैलाली–१ मा विजय हासिल ग¥यो र रञ्जिता सांसद हुँदै केन्द्रीय सरकारमा मन्त्रीसमेत बनिन् ।
तर २०७९ को चुनावपछि पत्नी रञ्जितासँग खटपटका कारण नाउपा सग्लो छैन । अध्यक्ष श्रेष्ठले नाउपालाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित गराइन् भने रेशमले अर्कै पार्टी नागरिक उन्मुक्ति पार्टी, नेपाल गठन गरेर यो क्षेत्रमा पलेटी कसेर बसिरहेका छन् । उनी पलेटी कसेर बसेको अवस्थामा नाउपा अहिले २ भागमा विभाजन भएर कार्यकर्ता तितरबितर भएका छन् ।
रेशमले पकड जमाएको कैलाली–१ मा अब कसले चुनाव जित्ला? चासोका साथ हेरिएको छ । कैलाली–१ मा अहिले नाउपाबाट नेकपामा सामेल रामलाल डगौँरा थारु उम्मेदवार छन् । टीकापुर नगरपालिकाका मेयर उनी राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनको प्रतिस्पर्धामा होमिएका हुन् । तत्कालीन पार्टी अध्यक्ष रञ्जितानिकट उनलाई २०७९ को जितलाई निरन्तरता दिँदै विरासत कायम राख्नुपर्ने चुनौती रहेपनि रेशम चौधरीले उनलाई मन नपराएपछि अवस्थामा कठिन रहेको छ ।

२०५६ मा माओवादीको भूमिगत राजनीति सुरु गरेका डगौँरा २०७४ मा नाउपाबाट टीकापुर नगरपालिका–७ को वडाध्यक्ष हुँदै २०७९ को चुनावमा टीकापुरको मेयरमा विजयी भएका थिए । नाउपामा वैकल्पिक केन्द्रीय सदस्य रहेका प्रदीपकुमार चौधरी अहिले उज्यालो नेपाल पार्टीबाट चुनाव लड्दै छन् । यस्तै नाउपाका संस्थापक केन्द्रीय सदस्य कोमल ज्ञवाली रास्वपा र नाउपा पृष्ठभूमिकै विमलकुमार डगौँरा श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेका छन् । यसरी चौधरी उम्मेदवारहरुको बीचमा एमालेका न्यौपानेले टिकट लिएर घरदैलो शुरु गरेपछि मतदाताहरुले उत्साह र उत्सुकताका साथ हेरिरहेका छन् ।
न्यौपानेका प्रतिस्पर्धीमा नेपाली कांग्रेसबाट जनकराज चौधरी, राप्रपाबाट लोकेन्द्र कुँवर उम्मेदवार छन् । यस्तै जनमत पार्टीका भगतराम डगौँरा, नेमकिपाकी सुनिता भण्डारी, प्रलोपाका जनकराज शाह, माओवादीका रामबहादुर विश्वकर्मा, आजपाकी रूपाकुमारी चौधरी, स्वतन्त्र उम्मेदवारहरू अरुण ठकुल्ला, तपेन्द्र शाह, नरेश रावल, फागुराम चौधरी, राजेन्द्र बहादुर शाही र सत्यनारायण भट्टराई पनि यस क्षेत्रमा चुनाव लड्दै छन् ।
यसपटक कैलाली–१ मा प्रमुख रूपमा नेकपा एमाले , नेपाली कांग्रेस र नेकपोबिच प्रतिस्पर्धा हुने देखिन्छ । एमालेका उम्मेदवार न्यौपाने टीकापुरका स्थानीय बासिन्दा हुन् । स्नातकोत्तर अध्ययन गरेका ४७ वर्षीय उनीसँग विभिन्न संघसंस्थाको नेतृत्वमा रहेर काम गरेको अनुभव छ । कलिलो उमेर कक्षा ८ मा पढ्दादेखि नै राजनीतिमा होमिएका न्यौपाने सुदुरपश्चिमबाट उदाउदा नेता हुन् ।

राजनीतिलाई व्यवशाय होइन राजनीति उत्पादनसँग जोडिनुपर्छ भन्ने मूल मान्यता राख्ने न्यौपाने एमालेको केन्द्रीय तहमा मात्र होइन, कर्मचारी क्षेत्रको उच्च तहमा समेत पहुच राखेर जिल्लाको विकास निर्माणमा योगदान दिने नेताको रुपमा परिचय बनाएका छन् । सामाजिक र व्यवशायीक काममा प्रतिष्ठा कमाएका न्यौपानेले कैलालीको विकासमा लागि आफू कैलालीका जनतासँग सधै रहेको रहने प्रतिबद्धता जनाएका छन् । ‘उत्पादनलाई राजनीतिसँग जोड्नुपर्छ’ भन्ने मूल नारासहित अभियान सुरु गरेका उनले रोजगारी, उद्यमशीलता र स्थानीय अर्थतन्त्र सुदृढीकरणलाई प्राथमिकतामा राख्दै आएका छन् ।
३१ वर्षपछिको अवसर

प्रत्येक चुनावमा कैलाली–१ मा फरक–फरक पार्टीका उम्मदेवारले जितेको इतिहास छ । त्यसकारण पनि एमालेका युवा नेता न्यौपानेको संभावना बढेको छ । २०४८ मा कांग्रेसका गंगाबहादुर कुँवर, ०५१ मा एमालेका हिमाञ्चल भट्टराई, ०५६ मा कांग्रेसकी सुशीला स्वाँर र ०६४ को चुनावमा माओवादीकी रूपा चौधरी विजयी भएकी थिइन् ।३१ वर्षदेखि पराजित एमाले यसपटक जित्ने प्रयासमा छ । जेनजी आन्दोलनपछि एमालेले युवा उम्मेदवारलाई अघि बढाएकाले यो संभावना बढेको हो । कैलालीका लागि ३१ वर्षपछि नयाँ अवसर आउन लागेको भन्दै कार्यकर्ता पंक्तिमा समेत उत्साह भएको छ ।
‘उत्पादनलाई राजनीतिसँग जोड्नुपर्छ’ भन्ने मूल नारासहित अभियान सुरु गरेका उनले रोजगारी, उद्यमशीलता र स्थानीय अर्थतन्त्र सुदृढीकरणलाई प्राथमिकतामा राख्दै आएका छन् । ‘मेरो प्राथमिकता उत्पादन हो, स्थानीय अर्थतन्त्र सुदृढिकरण हुनुपर्छ, उत्पादनलाई बजारीकरण गर्नुपर्छ’, न्यौपानेले भने ।

