काठमाडौं, २२ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सर्लाहीमा नेपाली सेनाले सुरक्षा गस्ती सुरु गरेको छ। सदरमुकाम मलङ्गवा लगायतका संवेदनशील क्षेत्रहरूमा बिहीबारदेखि सेनाको टोलीले पैदल गस्ती (फ्ल्याग मार्च) सुरु गरेको हो।
निर्वाचनका लागि सरकारले देशभर झण्डै ८० हजार सेना खटाउने गर्ने निर्णय गरेसँगै सर्लाहीमा पनि सेनाको उपस्थिति बढाइएको छ।
सेनाले गस्तीका साथै निर्वाचन क्षेत्रहरूमा ‘सुरक्षा बेस’ स्थापना गर्न सुरू गरेको छ।
