काठमाडौं, २५ माघ । आईसीसी टी-२० विश्वकपको समूह ‘सी’ अन्तर्गत सम्पन्न खेलमा नेपाल इंग्ल्यान्डसँग चार रनले पराजित भएकाे छ।
इंग्ल्यान्डले दिएकाे १८५ रनकाे लक्ष्य पछाएकाे नेपालले निर्धरित २० ओभरमा ६ विकेट गुमाएर १८० मात्र बनाउन सक्यो।
नेपालका लागि दीपेन्द्र सिंह ऐरिले ४४ रन बनाए। त्यस्तै, नेपालका ओपनर कुशल भुर्तेल २९ र अर्को ओपनर आसिफ शेख ७ रन बनाएर आउट भए। नेपालका कप्तान राेहित पौडेल ३९ रन बनाएर पेभिलियन फर्किए।
आइतबार भारतकाे मुम्बईमा रहेकाे वानखडे क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ राेजेकाे इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएकाे थियाे।
इंग्ल्यान्डका लागि जेकोब बेथलले अर्धशतक पारि खेले उनी ५५ रन बनाएर आउट भए। त्यस्तै, कप्तान ह्यरी ब्रूकले पनि नेपालविरुद्ध अर्ध शतक बनाए। उनले ३२ बलमा ५३ रन बनाउँदै आउट भए।
नेपालकाे लागि दीपेन्द्र सिंह ऐरि र नन्दन यादवले समान २-२ विकेट लिदा शेर मल्ल, सन्दिप लामिछाने र करणा केसीले समान १-१ विकेट लिए।
