काठमाडौं, २७ माघ।
नेपाली सेनाको नियमित अर्धवार्षिक कार्यक्रमअन्तर्गत पृतनापति समन्वयात्मक बैठक–२०८२ सुरु भएको छ। बैठक आज मिति २०८२ माघ २७ गते जंगी अड्डा, काठमाडौंमा सम्पन्न भएको हो।
नेपाली सेनाका विभिन्न विभाग, महानीर्देशनालय तथा निर्देशनालयका प्रमुखहरू र पृतनापतिहरूको सहभागितामा बैठक सञ्चालन गरिएको हो।
प्रधानमन्त्री तथा रक्षामन्त्री सुशील काकीको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले स्वागत मन्तव्य राखेका थिए।
बैठकका क्रममा सहभागीहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, हालसम्म सम्पन्न गरेका कार्यहरूको समीक्षा तथा आगामी कार्ययोजनासम्बन्धी सुझाव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। साथै समसामयिक सुरक्षा र संगठनात्मक विषयमा छलफल हुने जनाइएको छ।
कार्यक्रममा रक्षा सचिव, बलाधिकृत, स्थायी बन्दोबस्तलगायत रक्षा मन्त्रालय तथा नेपाली सेनाका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
