काठमाडौ, ४ फागुन । नेकपा एमालेले आजबाट देशैभर अपरेशन सुर्योदय नाम दिएर एकैपटक देशैभर चुनावी परिचालन शुरु गरेको छ ।
निर्वाचन आयोगले चुनावी प्रचार खुल्ला गरेलगत्तै एमालेले त्यस्तो अभियान आजैबाट शुरु गरेको हो ।
“शुभ बिहानी साथीहरू!
आजबाट ‘अपरेशन सूर्योदय’ सुरु भएको छ।
अबको १७ दिनपछि देशभरि विकास र समृद्धिको ‘सूर्य’ झलमल उदाउनेछ। एमाले अहिले,
किनकी देश पहिले!” अभियान शुरु भएको घोषणा गर्दै नेता विष्णु रिमालले लेखेका छन ।
अभियानमा कम्तीमा १४ लाख नेता-कार्यकर्ता सहभागी हुने केन्द्रीय प्रचार सयोजक मिनबहादुर शाहीले जनाएका छन ।
