काठमाडौं, २३ फागुन ।
झापा क्षेत्र नम्बर ५ मा गणना गर्न धेरै बाँकी रहँदा केपी ओलीले मतान्तरले पराजित भैसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह औपचारिक घोषणाअघि नै विजयी भइसकेका हुन । कुल १ लाख ६ हजार ३७२ मत खसेकोमा बालेनले ठूलो मत प्राप्त गरेकाले अहिले नै विजयी भए बराबर हो ।
अहिलेसम्म बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ४० हजार मतान्तरले पछाडि पारिसकेका छन् । यसको अर्थ, अब बाकसमा बाँकी रहेका सबै २० हजार मत ओलीकै पक्षमा खसे र बालेनले १ मत नपाए पनि बालेनको जितलाई रोक्न गणितीय रूपमा असम्भव छ ।तर एमाले अध्यक्ष ओलीबाट कुनै प्रतिक्रिया दिएका छैनन । एमाले महासचवि शंकर पोखरेलले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदार भनिसकेका छन् भने उपाध्यक्ष विष्णु पौडेलले नेतृत्वमा समीक्षा गर्ने बताइसकेमा छन् । तर ओलीले यो विषयमा कुनै प्रतिक्रिया दिएका छैनन ।
संविधान सभाको सबैभन्दा ठूलो दल बनेको थियो । त्यसपछि नेपाली काङ्ग्रेसले ३७ प्रत्यक्ष सहित ११० र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी)ले ३३ प्रत्यक्षसहित १०३ सिट प्राप्त गरेको थिए । महिनौको सत्ता साझेदारी र छलफलपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड २०६५ भदौ २ गते नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । नयाँ संविधान निर्माण गर्न असफल भएपछि संविधान सभाको मूल कार्यावधि २०६९ जेठ १५ गते विघटन गरी चार वर्षको म्याद थप गरिएको थियो ।
एमालेको विशेष महाधिवेशनबाट तेस्रो कार्यकाल अध्यक्ष बनाउने प्रस्ताव गर्दै ११ औं महाधिवेशनपछि अध्यक्ष बनेका ओलीलाई अब नैतिक रुपमा पार्टी सञ्चालन गर्ने अधिकार नभएको भन्दै कार्यकर्ताहरुले औला ठड्याउन थालेका छन् । देशका विभिन्न भागबाट एमालेका कार्यकर्ताहरुले नैतिक रुपमा नेतृत्वले जिम्मा लिनुपर्ने भन्दै मुख खोल्न थालेका हुन् । आफ्नै क्षेत्रमा पार्टी सबैभन्दा कमजोर हुँदा पार्टी अध्यक्षमाथि ठूलो प्रश्न उठेकोबताउन थालेका छन् ।
उनीहरुले विगतमा पार्टी ३३ सिटमा खुम्चदा नेतृत्वले नैतिक जिम्मेवारी लिएर नेतृत्व छाडेको प्रसँगलाई पनि जोडेका छन् । ओलीले पार्टीको नेतृत्व चयनदेखि टिकट वितरणसम्म नेताहरुमाथि गरेको अन्यायका कारण पनि कार्यकर्तामा चरम निराशा उत्पन्न भएको र अहिले जनादेशले पनि त्यही प्रतिबिम्बित गरेको कार्यकर्ताहरुले जनाएका छन् ।
२०६४ साल चैत २८ गते सम्पन्न पहिलो ऐतिहासिक संविधानसभाको निर्वाचनमा जनताले माओवादी पार्टीलाई अभूतपूृर्वक समर्थन गर्दै पहिलो पार्टी बनाएका थिए । उक्त निर्वाचनमा प्रत्यक्षतर्फ माओवादीले १ सय २०, कांग्रेसले ३७, एमालेले ३३, मधेशी जन अधिकार फोरमले ३० जितेको थियो । करिब १ करोड ७५ लाख मतदात रहेको त्यतिबेला नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले ५७५ मध्ये समानुपातिकसहित २२० सिट जितेर निर्वाचनमा प्रथम स्थान हासिल गर्यो ।
संविधान सभाको सबैभन्दा ठूलो दल बनेको थियो । त्यसपछि नेपाली काङ्ग्रेसले ३७ प्रत्यक्ष सहित ११० र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी)ले ३३ प्रत्यक्षसहित १०३ सिट प्राप्त गरेको थिए । महिनौको सत्ता साझेदारी र छलफलपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड २०६५ भदौ २ गते नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । नयाँ संविधान निर्माण गर्न असफल भएपछि संविधान सभाको मूल कार्यावधि २०६९ जेठ १५ गते विघटन गरी चार वर्षको म्याद थप गरिएको थियो ।
त्यही बेला एमालेका तत्कालिन महासचिव माधव कुमार नेपालले पराजय व्यहोरेका थिए । उनले पार्टी सबैभन्दा सानो बनेपछि नैतिकताको आधारमा महासचिवबाट राजिनामा दिएर बसेका थिए । उनले त्यतिबेला महासचिवबाट राजिनामा दिएपछि राजनीतिमा नैतिकता भएको नेताको रुपमा आफूलाई परिचय गराउने अवसर लिएका थिए । एमाले अध्यक्ष ओलीले यही विषयलाई ध्यानमा राखेर पार्टी नेतृत्व दोस्रो पुस्ताका नेताहरुमा सुम्पनु पर्ने आवाज उठ्न थालेको छ ।
