काठमाडौं, २७ फागुन । एमालेका युवा नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजिनामा र मौजुदा कमिटीहरु विघटन गर्न माग गर्न थालेका छन् । पूर्व विद्यार्थी तथा युवा नेता प्रकाश पौडेलले निरन्तर रुपमा यो मागलाई अघि सारेका छन् । निर्वाचनको आत्म समीक्षा गर्दै एमालेको पुर्नसंरचना गर्नुपर्ने धारणा राख्दै आएका पौडेलले एमालेका सबै कमिटी विघटन गर्न माग गरेका छन् । उनले एमाले अध्यक्ष ओलीको भनाईमा आफ्नो धारणा राख्दै यस्तो माग गरेका हुन् । युवाहरु माझ निकै लोकप्रिय रहेका पौडेल नेतृत्व समक्ष आफ्ना धारणा राख्ने निडर नेता हुन् । उनले यो चुनाव मात्र होइन, राजनीतिक परिवर्तन भएको क्षण भएकाले अब कसरी सोच्ने, कसरी काम गर्ने — त्यसको स्पष्ट दिशा तय गरौँ भन्दै पार्टी नेतृत्वलाई घचघच्याउन थालेका छन् ।
उनको भनाई जस्ताको तस्तै
हाम्रो पार्टीका अध्यक्ष K P Sharma Oli ज्युको भर्खरै सार्बजनिक पोस्टमा मेरो प्रतिक्रिया यो रहेको छ ।
नेकपा एमालेको सबै कमिटी विघटन गरौ
सबै संगठित सदस्य खारेज गरेर फेरि संगठन सदस्य भर्न आह्वान गर्नु आजको आवस्यकता हो
समग्र कमिटी विघटन गरेर नेकपा एमाले निर्माणको बाटो खोल्दिनुस अध्यक्ष ज्यु ![]()
