परियारलाई बालेनले नै रोजेर महानगरमा लगेका थिए । महानगरमा केबल ७ महिना मात्रै टिकेका परियार २०८१ भदौ २७ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरूवा गरिएको थियो ।
काठमाडौं, २९ फागुन ।
प्रदीप परियार सम्भवतः निजामती सेवाको तर्फबाट अब बन्ने प्रधानमन्त्री बालेन्द्र साहको सचिवालय सम्हाल्ने नाम हो । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले सरकारको नेतृत्व गरेपछि परियारले निजामति कर्मचारीको तर्फबाट सचिवालय सम्हाल्ने गरी तयारी भैराखेको छ ।
निजामति कर्मचारीमा नयाँ रेकर्ड कायम गर्न सफल बनेका परियार संभवत सबैभन्दा कान्छो उमेरको सहसचिव निकाल्ने रेकर्ड कायम गरेका थिए । २०४६ साल वैशाखमा जन्मेका उनी ३२ वर्षको उमेरमा सहसचिव बनेका थिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा २०७८ साल चैतमा शाखा अधिकृतको रूपमा कार्यरत परियारले खुल्ला प्रतिस्पर्धाबाट सहसचिव बनेका थिए । २ जनाको लागि खुलाइएको सहसचिव खुलामा प्रदीप र गुल्मीका सुरेश पन्थीको नाम लोक सेवा आयोगको ८ चैतको बैठकले सिफारिस गरेको हो । पर्वत फलेवास स्थायी ठेगाना भएका परियारले काठमाडौ महानगरमा बालेन्द्रसँगै काम गरेका थिए । २०८० माघमा बसन्त अधिकारीलाई बालेन साहले विदामा बस्न निर्दैशन दिएपछि सरकारले उनै परियारलाई कार्यकारी अधिकृत बनाएर पठाएको थियो । त्यतिबेला योजना आयोगमा रहेका परियारलाई सरकारले कार्यकारी अधिकृत बनाएर पठाएपछि बालेन्द्र साहसँग सम्बन्ध राम्रो भएको थियो । परियारलाई बालेनले नै रोजेर महानगरमा लगेका थिए । महानगरमा केबल ७ महिना मात्रै टिकेका परियार २०८१ भदौ २७ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरूवा गरिएको थियो ।
विवाद, अख्तियारदेखि अदालतसम्म
उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ ३२ पैसा बिगोसहितको भ्रष्टाचार मुद्दाको पृष्ठभूमिमा एउटा विवादित ठेकेदार कम्पनी जोडिएको थियो । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा विशेष अदालतले गत पुस २२ गते सफाइ दिएको थियो । विशेष अदालतले तत्कालिन काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारसहितलाई सबैलाई सफाइ दिएको थियो
गत पुस २२ गते न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले ढल निर्माणमा भ्रष्टाचार नगरेको ठहर गर्दै परियारसहित सबैलाई सफाइ हुने फैसला गरेको थियो । ‘आधार कारणसमेतबाट प्रतिवादीहरू प्रदीप परियार, रविनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, उत्तम दाहाल र जनार्दन गिरी उपरको आरोप दाबी पुष्टि हुन नसकेको हुँदा निज प्रतिवादीहरूले आरोप दाबीबाट सफाई पाउने ठहर्छ’, फैसलामा भनिएको छ ।
त्यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढल निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा परियारसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सामाखुसी कोरिडोरअन्तर्गत वसुन्धरादेखि म्हेपीसममको ढल निर्माण कार्यको ठेक्कामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारसहितको मिलेमतोमा भ्रष्टाचार भएको अख्तियारको जिकिर थियो। त्यही विवादित ठेकेदार कम्पनीकै कारण परियारलाई अवधि नपुग्दै महानगरबाट सरुवा गरिएको थियो । अर्थात्, परियारको सरुवाको पछाडि ती विवादित ठेकेदारले शक्तिको चलखेल गरेको कुरा त्यसबेलै खुलेको थियो ।
काठमाडौं महानगरपालिकाले त्यसबेला ठेक्का नं. ०६–२७–०८०–८१ एनसीबीडब्ल्यू–केएमसीअन्तर्गत सामाखुशी करिडोरमा बसुन्धरादेखि म्हेपीसम्म ढल निर्माण कार्यको ठेक्का खोल्यो । तर त्यसबेला प्रतिस्पर्धामा आएको तथ्य र विवरण बङ्ग्याएर समानान्तर निर्माण सेवाले ठेक्का प्रक्रियामा भाग लिएको भेटिएको थियो । त्यसपछि काठमाडौंका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारले उक्त कम्पनीलाई कालोसूचीमा राखे प्रक्रिया अगाडि बढाए । महानगरपालिकाले समानान्तर निर्माण सेवालाई तीन वर्षका लागि कालोसूचीमा राख्ख सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस पनि ग¥यो ।
‘सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३, सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१, काठमाडौँ महानगरपालिका सार्वजनिक खरिद नियमावली, २०७९ को नियम ४८ र बोलपत्र सम्बन्धी कागजातको जीसीसीको धारा नं. ७३ र ७४ समेतका आधारमा मिति २०८० फागुन २१ गतेको प्रमुख प्रशासकीय अधिकृतस्तरीय निर्णयअनुसार समानान्तर निर्माण सेवा प्रालिलाई ३ (तीन) वर्ष अवधिका लागि कालो सूचीमा राख्न सिफारिस साथ अनुरोध गरिएको छ’, परियारले त्यसबेला पत्रमा भनेका थिए ।
काठमाडौं महानगरपालिकाले आह्वान गरेको ठेक्का नं. ०६–२७–०८०–८१ एनसीबीडब्लु–केएमसीबाट सामाखुसी कोरिडोरमा वसुन्धरादेखि मेह्पीसम्म ढल निर्माणकार्यको ठेक्कामा समानान्तरले गलत विवरण पेस गरेको थियो । काठमाडौं महानगरपालिकासँगको डिस्पुटसँग सम्बन्धित विषय नखुलाई तथ्य बङ्ग्याई÷झुक्काई कार्यालयलाई विवरण पेस गरेको देखिएपछि समानान्तरलाई तत्कालीन अधिकृत परियारले रद्द गरिदिएका थिए ।
समानान्तर निर्माण सेवालाई सेटिङमा ठूला सरकारी ठेक्का हत्याउने गरेको आरोप लाग्ने गरेको थियो । समानान्तरले राजस्व छली गरेको आशंकामा २०७८ सालमा राजस्व अनुसन्धान विभागले अनुसन्धानमा पनि तानेको थियो ।
समानान्तरमाथिको त्यही कारबाहीसँगै परियारको सरूवा प्रयास सुरू भएको थियो । त्यससँगै उनी सात महिनामै काठमाडौंबाट सरूवा गरिए । काठमाडौं महानगरपालिकाले समानान्तार निर्माण सेवालाई कारबाही थालेसँगै अर्को मुद्दा सुरू भयो । त्यसपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले समानान्तरलाई कारबाही सिफारिस गरेका प्रमुख प्रशासकीय अधिकृत परियारसहित उल्टै कारबाही गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्यो ।
सार्वजनिक अनुगमनले सामान्यलाई पत्र काटेको सातामै परियार सञ्चार मन्त्रालयमा सरुवा गरिए । त्यसपछि सञ्चार मन्त्रालयबाट उनलाई सूचना विभागको महानिर्देशक बनाएर पठाइयो ।
परीक्षणकालमै अधिकृत
निजामति सेवामा प्रवेश गरेको १ वर्ष नायब सुब्बाको रूपमा काम गरेका उनीसँग पछिल्लो ८ वर्ष भने शाखा अधिकृतका रूपमा विभिन्न क्षेत्रमा बसेर काम गरेको अनुभव हुँदा नै सहसचिवमा नाम निकालेर चर्चा कमाएका थिए । निजामती सेवामा उनी २०६९ सालमा प्रवेश गरेका थिए । नायब सुब्बाको नतिजा आएकै वर्ष उनले शाखा अधिकृतमा पनि आवेदन दिएका थिए ।
निजामती प्रवेशको एक वर्ष परीक्षणकाल रहन्छ । तर परीक्षणकाल पनि पूरा नगर्दै उनी शाखा अधिकृत बन्न सफल भएका थिए । २०७० सालयता उनी शाखा अधिकृतको रूपमा कार्यरत थिए । सहसचिवमा नाम निस्कनु अघि प्रदीपको त्यसै वर्ष तीन लिखितमा पटक उपसचिवमा नाम निस्केको थियो । । यो वर्ष उनले उपसचिव प्रशासनतर्फ आन्तरिक र खुला दुवैबाट आवेदन दिएकोमा दुवैमा नाम निस्केको थियो भने परराष्ट्रको उपसचिवमा पनि आवेदन दिएकोमा तीनै पटक लिखितबाट उनी पास भएका थिए ।
यद्यपि, उपसचिवको रूपमा भने उनले काम गर्नुपरेन, अन्तर्वार्ताबाट छनोट भएका थिएनन् । लगातार दुई वर्ष उनी सहसचिव खुलातर्फ नाम निकाल्न सफल भए । अघिल्लो वर्ष पनि उनले सहसचिव खुलामा नाम निकालेकोमा अन्तर्वार्ताबाट नाम छनोट हुन सकेको थिएन । २०७८ चैत १देखि ८ गतेसम्म सञ्चालन भएको अन्तर्वार्तामा उनले नाम निकाल्न सफल भएका थिए ।
छात्रावृत्तिबाटै पढाइ
प्रदीप परियार पर्वतको फलेवासमा सामान्य परिवारमा जन्मिएका हुन् । उनका बुवा–आमा अहिले पनि गाउँमै खेतीकिसानी गर्छन् । उनका दाइ वन अधिकृतको रूपमा सरकारी सेवामा छन् । माध्यमिक तहको शिक्षा फलेवासलकै सरकारी स्कुल भवानी विद्यापिठबाट पास गरेका थिए । १ देखि १० कक्षासम्मको पढाइमा उनी कहिल्यै दोस्रो हुनु परेन । आफ्नै मिहिनेतले गर्दा उनले त्यसपछिको पढाइमा निरन्तर छात्रवृत्ति पाएका थिए । उनले शान इन्टरनेसनलबाट प्लस टु उत्तीर्ण गरे । स्नातक पब्लिक युथ क्याम्पस पढेका उनले अस्ट्रेलियाली सरकारको छात्रावृत्तिमा अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट स्नात्तकोत्तर गरे ।
