काठमाडौ, १ चैत
सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपति राम चन्द्र पाैडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्यको पद हाल रिक्त रहेकाले सो स्थानमा अर्याललाई नियुक्त गर्न सिफारिस गरिएको सरकारका स्रोतले जनाएको छ।
