काठमाडौं १ चैत।
राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत भएका छन्।
प्रधानमन्त्री तथा कोषका संरक्षक सुशीला कार्कीले श्रेष्ठलाई कोषको सञ्चालक समितिको अध्यक्षमा मनोनीत गरेकी हुन्। उनलाई आगामी पाँच वर्षका लागि उक्त जिम्मेवारी दिइएको हो।
श्रेष्ठ यसअघि प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिवका रूपमा कार्यरत थिए। उनी प्रधानमन्त्रीको सचिवालयमा पत्नी तथा नातेदारलाई नियुक्त गरेको विषय सार्वजनिक भएपछि विवादमा तानिएका थिए।
