काठमाडौं, ३ चैत । मुलुकमा खाना पकाउने ग्यास लगायतमा कालाबजारी, कृतिम अभाव जस्ता दण्डहीन गतिविधिलाई नियन्त्रण गर्न ऋषि कट्टेल नेतृत्वको नेकपाले विरोध जनाएको छ । सरकार देखेर पनि नदेखेको जस्तो गरेर मूल्यबृद्धिमा सहयोगी बनिरहेको जनाएको छ । सुशिला कार्की नेतृत्वको वर्तमान सरकारले अमेरिका–इजरायल र इरानवीचको युद्धलाई निहुँ बनाएर पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमा भारी मूल्य बढाएर श्रमजीवी जनतामाथि महङ्गीको भार थोपरेको सो पार्टीको आरोप छ ।
पार्टीका प्रचार विभाग प्रमुख अर्जुन कार्कीले जारी गरेको विज्ञप्तिमा अविलम्व महङ्गी र दण्डहीनता नियन्त्रण गरि जनतालाई राहत प्रदान गर्न तथा पेट्रोलियम पदार्थको निर्भरता क्रमशः कम गर्दै यसको विकल्पका लागि अविलम्व काम शुरु गर्न नेपाल सरकारलाई आग्रह गरिएको छ ।
साथै अमेरिका–इजरायल र इरानवीचको लडाईका कारण पश्चिम एसिया लगायतका मध्यपूर्वमा रहेका नेपालीहरु जोखिम अवस्थामा रहेकाले राज्यले उनीहरुको सुरक्षाको लागि अविलम्व आवश्यक गर्न नेपाल कम्युनिष्ट पार्टी नेपाल सरकारलाई आग्रह गरेको छ ।
यसैगरी गत भदौ २३ र २४ गतेको घटनाको छानविन गर्न गठित कार्की आयोगको प्रतिवेदन अविलम्व सार्वजनिक गरि दोषीलाई कारवाही गर्न नेपाल कम्युनिष्ट पार्टी नेपाल सरकारलाई आग्रह गरेको छ ।
यस्तो छ विज्ञप्तिको पूर्णपाठः
प्रेस विज्ञप्ति
क. मुलुकमा खाना पकाउने ग्यास लगायतमा कालाबजारी, कृतिम अभाव जस्ता दण्डहीन गतिविधिलाई देखेर पनि नदेखेको जस्तो गरेर त्यसमा सहयोगी बनिरहेको सुशिला कार्की नेतृत्वको वर्तमान सरकारले अमेरिका-इजरायल र इरानवीचको युद्धलाई निहुँ बनाएर पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमा भारी मूल्य बढाएर श्रमजीवी जनतामाथि महङ्गीको भार थोपरेको छ । यसको नेपाल कम्युनिष्ट पार्टी घोर विरोध गर्दै अविलम्व महङ्गी र दण्डहीनता नियन्त्रण गरि जनतालाई राहत प्रदान गर्न तथा पेट्रोलियम पदार्थको निर्भरता क्रमश: कम गर्दै यसको विकल्पका लागि अविलम्व काम शुरु गर्न नेपाल सरकारलाई आग्रह गर्दछ ।
ख. अमेरिका-इजरायल र इरानवीचको लडाईका कारण पश्चिम एसिया लगायतका मध्यपूर्वमा रहेका नेपालीहरु जोखिम अवस्थामा रहेकाले राज्यले उनीहरुको सुरक्षाको लागि अविलम्व आवश्यक गर्न नेपाल कम्युनिष्ट पार्टी नेपाल सरकारलाई आग्रह गर्दछ ।
ग. गत भदौ २३ र २४ गतेको घटनाको छानविन गर्न गठित कार्की आयोगको प्रतिवेदन अविलम्व सार्वजनिक गरि दोषीलाई कारवाही गर्न नेपाल कम्युनिष्ट पार्टी नेपाल सरकारलाई आग्रह गर्दछ ।
घ. नेपाल कम्युनिष्ट पार्टी गत फाल्गुण २३ गते सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका-६, बडाखोलीकी १६ वर्षीया इनिशा वि.क.लाई बलात्कार गरि हत्या गरिएको आपराधिक घटनाप्रति दु:ख व्यक्त गर्दै सो घटनाका दोषीलाई अविलम्व कारवाही गर्न र मुलुकमा जनधनको सुरक्षा गर्न नेपाल सरकारलाई आग्रह गर्दछ र दिवंगत विनिशा वि.क.प्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछ ।
क. अर्जुन कार्की प्रमुख प्रचार तथा प्रकाशन विभाग नेपाल कम्युनिष्ट पार्टी २ चैत्र,२०८२
