देशको शासन व्यवस्था जे भए पनि, परिवर्तनका नाराहरू जति घन्किए पनि र नेताहरूका भाषण जति चर्का भए पनि एउटा यथार्थ भने बदलिएको देखिँदैन । जनता सधैँ मारमा छन् । बिहानदेखि बेलुकासम्म पसिना बगाउने सर्वसाधारण नागरिकले आफ्ना दैनिक आवश्यकताहरू पूरा गर्न नै सङ्घर्ष गर्नुपरेको अवस्था छ । कमाइ थोरै छ, तर खर्च भने दिनप्रतिदिन बढ्दो छ । जीवन धान्नका लागि आवश्यक पर्ने आधारभूत वस्तुहरू नै यति महङ्गो भएका छन् कि सामान्य परिवारलाई बाँच्न नै कठिन हुँदै गएको छ ।
आजको वास्तविकता यही हो, कमाइ थोरै, खर्च धेरै ! मासिक तलब जति बढे पनि बजारको मूल्य त्यसको भन्दा दोब्बर गतिमा बढिरहेको छ । महिनाभरि कडा मेहनत गरेर कमाएको पैसा घरको भाडा, खाद्यान्न, शिक्षा, स्वास्थ्य, यातायात र अन्य दैनिक खर्चमै सकिन्छ । बचत त परै जाओस्, कहिलेकाहीँ त महिनाको अन्त्यसम्म पुग्न पनि ऋण लिनुपर्ने अवस्था आउँछ । सामान्य नागरिकका लागि ग्याँस, पेट्रोल, डिजेल, खाद्यान्नजस्ता वस्तुहरू विलासिताका सामान जस्तै महङ्गो भइसकेका छन् ।
पेट्रोल र डिजेलको मूल्य त आकाश छोइसकेको छ । यातायात खर्च बढ्दा त्यसको असर हरेक क्षेत्रमा देखिन्छ । तरकारी, फलफूल, खाद्यान्न, निर्माण सामग्री सबैको मूल्य बढ्छ । अन्ततः त्यसको भार पनि सर्वसाधारण नागरिकले नै वहन गर्नुपर्छ । जो मानिस बिहान बेलुका काम गरेर परिवार पालिरहेको हुन्छ, उसलाई यी मूल्यवृद्धिले सबैभन्दा बढी पीडा दिन्छ ।
केही समयअघि आएको समाचारले झन् जनताको मन दुखाएको थियो सहरमा ग्याँस सिलिन्डरमा पनि आधा ग्याँस मात्र पाइने भन्ने कुरा । यस्तो अवस्था पनि साँच्चै मेरो देसमा लागू भइसकेछ । अब सर्वसाधारणका लागि जीवन धान्न झनै कठिन हुनेछ । खाना पकाउने जस्तो सामान्य आवश्यकता पूरा गर्न पनि जनताले थप पैसा तिर्नुपर्ने स्थिति आउँछ ।
पेट्रोल र डिजेलको मूल्य त आकाश छोइसकेको छ । यातायात खर्च बढ्दा त्यसको असर हरेक क्षेत्रमा देखिन्छ । तरकारी, फलफूल, खाद्यान्न, निर्माण सामग्री सबैको मूल्य बढ्छ । अन्ततः त्यसको भार पनि सर्वसाधारण नागरिकले नै वहन गर्नुपर्छ । जो मानिस बिहान बेलुका काम गरेर परिवार पालिरहेको हुन्छ, उसलाई यी मूल्यवृद्धिले सबैभन्दा बढी पीडा दिन्छ ।
खाद्यान्नको मूल्य पनि लगातार बढिरहेको छ । चामल, दाल, तेल, नुनजस्ता आधारभूत वस्तुहरू पनि महङ्गो हुँदै गएका छन् । एक समय थियो, जब सामान्य परिवारले कम कमाइ भए पनि सहज रूपमा घर चलाउन सक्थ्यो, आज परिस्थिति फरक छ । दैनिक आवश्यक वस्तुहरू किन्ने क्रममा नै आधा तलब सकिन्छ । शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवा पनि आज महङ्गो हुँदै गएका छन् । एउटा अभिभावकका लागि आफ्ना सन्तानलाई राम्रो शिक्षा दिनु सपना मात्र जस्तै भएको छ । निजी विद्यालयहरूको शुल्क दिनप्रतिदिन बढिरहेको छ । पुस्तक, पोशाक, यातायात, अतिरिक्त शुल्क, सबै जोड्दा अभिभावकलाई ठूलो आर्थिक भार पर्छ ।
स्वास्थ्य सेवा त झन् गम्भीर विषय हो । मानिस बिरामी हुँदा उपचार गराउनु आवश्यक हुन्छ, तर अस्पतालको खर्च यति महङ्गो छ कि धेरै परिवारले उपचार नै गर्न नसक्ने स्थिति आउँछ । सामान्य जाँचदेखि लिएर औषधि उपचारसम्मको खर्चले जनतालाई ऋणको बोझमा धकेलिरहेको छ ।
आजको डिजिटल युगमा इन्टरनेट पनि आवश्यक सेवामध्ये एक हो । शिक्षा, सूचना, कामकाज सबैमा इन्टरनेटको प्रयोग बढेको छ । इन्टरनेट सेवा पनि महङ्गो हुँदै गएको छ । विद्यार्थीलाई पढ्न, कामदारलाई काम गर्न र सामान्य नागरिकलाई सूचना प्राप्त गर्न इन्टरनेट आवश्यक भए पनि यसको मूल्यले जनतालाई थप आर्थिक दबाबमा पारिरहेको छ । यी सबै समस्याहरूको बीचमा जनता एउटा प्रश्न सोधिरहेका छन् । हामी कसरी बाँच्ने ? जब दैनिक आवश्यक वस्तुहरू नै महङ्गो हुन्छन्, जब कमाइले खर्च धान्न सक्दैन, तब सामान्य नागरिकको जीवन कसरी सहज हुन्छ ?
मानिस बिरामी हुँदा उपचार गराउनु आवश्यक हुन्छ, तर अस्पतालको खर्च यति महङ्गो छ कि धेरै परिवारले उपचार नै गर्न नसक्ने स्थिति आउँछ । सामान्य जाँचदेखि लिएर औषधि उपचारसम्मको खर्चले जनतालाई ऋणको बोझमा धकेलिरहेको छ ।आजको डिजिटल युगमा इन्टरनेट पनि आवश्यक सेवामध्ये एक हो । शिक्षा, सूचना, कामकाज सबैमा इन्टरनेटको प्रयोग बढेको छ ।
नेताहरूले भने सधैँ एउटै कुरा दोहोर्याइरहेका हुन्छन् । ,“हामी देश बनाउँछौँ ।” चुनावको समयमा विकासका ठूलाठूला सपना देखाइन्छ । सडक, अस्पताल, विद्यालय, उद्योग, रोजगारी सबै कुरा भाषणमा सुनिन्छ । जब समय बित्दै जान्छ, ती सपनाहरू कागज र भाषणमै सीमित रहन्छन् । जनताले भने विकासको त्यो स्वरूप प्रत्यक्ष रूपमा देख्न पाएका छैनन् । सडकहरू अझै पनि कतिपय ठाउँमा जीर्ण छन् । अस्पतालहरूमा पर्याप्त सेवा छैन। रोजगारीका अवसरहरू सीमित छन् । युवाहरू विदेश जान बाध्य छन् । देश बनाउने कुरा भाषणमा मात्र सीमित हुँदा जनताको मनमा निराशा बढ्दै गएको छ । जनता सोच्न बाध्य भएका छन् के देश बनाउने जिम्मेवारी भाषणमै सीमित रहने हो र ?
देश वास्तवमै तब बन्छ जब जनताको जीवन सहज हुन्छ । जब किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउँछ । जब कामदारले आफ्नो श्रमको उचित पारिश्रमिक पाउँछ । जब विद्यार्थीले सस्तो र गुणस्तरीय शिक्षा पाउँछ । जब बिरामीले सहज रूपमा उपचार पाउँछ । अहिलेको अवस्था हेर्दा यी सबै कुरा चुनौतीपूर्ण देखिन्छ । जनताको दैनिक जीवन सङ्घर्षमै बितिरहेको छ । जनताको पीडा केवल आर्थिक मात्र होइन, मानसिक पनि हो । जब मेहनत गरेर पनि जीवन सहज हुँदैन, तब मानिसको मनमा निराशा पैदा हुन्छ ।
भविष्यप्रतिको विश्वास कमजोर हुन थाल्छ । देशको विकास भनेको केवल ठूला भवन निर्माण गर्नु मात्र होइन । वास्तविक विकास भनेको जनताको जीवनस्तर सुधार गर्नु हो। यदि जनताको जीवन नै कठिन छ भने विकासका दाबीहरू कागजी मात्र हुन्छन् । आज आवश्यक कुरा भनेको जनताको समस्यालाई गम्भीर रूपमा बुझ्नु हो । मूल्यवृद्धि नियन्त्रण गर्नु, रोजगारीका अवसर सिर्जना गर्नु, शिक्षा र स्वास्थ्य सेवालाई सुलभ बनाउनु, र आधारभूत सेवाहरूलाई जनताको पहुँचमा ल्याउनु सरकारको मुख्य जिम्मेवारी हो । यदि यी कुराहरूमा ध्यान दिइएन भने जनताको जीवन झन् कठिन बन्न सक्छ ।
जब किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउँछ । जब कामदारले आफ्नो श्रमको उचित पारिश्रमिक पाउँछ । जब विद्यार्थीले सस्तो र गुणस्तरीय शिक्षा पाउँछ । जब बिरामीले सहज रूपमा उपचार पाउँछ । अहिलेको अवस्था हेर्दा यी सबै कुरा चुनौतीपूर्ण देखिन्छ । जनताको दैनिक जीवन सङ्घर्षमै बितिरहेको छ ।
सर्वसाधारण नागरिकले ठूलो माग गरेका छैनन् । उनीहरू केवल यति चाहन्छन् । इमान्दार मेहनत गरेर आफ्नो परिवार पाल्न सकियोस्, छोराछोरीलाई पढाउन सकियोस्, बिरामी हुँदा उपचार गर्न सकियोस्, र भविष्यप्रति आशा राख्न सकियोस् । देश निर्माणका नारा केवल भाषणमा सीमित नरहोस् । ती नाराहरू व्यवहारमा पनि देखिनुपर्छ । जब नीति र व्यवहारबीचको दूरी घट्छ, तब मात्र जनताले वास्तविक परिवर्तन अनुभव गर्न सक्छन् । आजको आवश्यकता यही हो । जनताको जीवनलाई केन्द्रमा राखेर विकासको योजना बनाउनु ।
सर्वसाधारण नागरिकले ठूलो माग गरेका छैनन् । उनीहरू केवल यति चाहन्छन् । इमान्दार मेहनत गरेर आफ्नो परिवार पाल्न सकियोस्, छोराछोरीलाई पढाउन सकियोस्, बिरामी हुँदा उपचार गर्न सकियोस्, र भविष्यप्रति आशा राख्न सकियोस् । देश निर्माणका नारा केवल भाषणमा सीमित नरहोस् ।
जब जनताको जीवन सहज हुन्छ, तब देश पनि स्वत ः अगाडि बढ्छ । जब जनता नै सधैँ मारमा पर्छन्, तब देशको प्रगति केवल कागजमा मात्र सीमित हुन्छ । यसैले आजको प्रश्न फेरि पनि उही छ—जनता सधैँ मारमा किन ? यसको उत्तर खोज्नु र समाधान निकाल्नु राज्य, नेतृत्व र समाज सबैको साझा जिम्मेवारी हो ।
तानसेन नगरपालिका – १२ पाल्पा ।
