काठमाडौं, ८ वैशाख । कुनै बेला नेकपा एमालेले आफ्नो प्रचार सामाग्री तयार गर्दा र पार्टी कमिटीहरुले कुनै पनि कार्यक्रमको व्यानर बनाउदा अध्यक्ष केपी शर्मा ओलीको मात्रै तस्वीर राख्न उर्दी जारी गरेको थियो । तर अहिले पार्टीले आयोजना गर्ने कार्यक्रममा अध्यक्ष ओलीको तस्वीर राख्न छाडेको छ । कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रमको प्रचार सामाग्रीमा ओलीको तस्वीर राखिएको छैन । एमालेभित्र नेतृत्व परिवर्तनको बहस तिब्र रुपमा उठेको बेला पार्टी स्थापना दिवसको अवसरमा गरिने कार्यक्रममा तयार पारिएका विभिन्न सामाग्रीहरुमा ओलीको तस्वीर राखिएको छैन ।

२०८० साउन २९ गते बसेको सचिवलाय बैठकले सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष केपी ओली बाहेक अन्यको फोटो प्रयोग नगर्ने निर्णय गरेको थियो । त्यतिबेला तत्कालिन उपमहासचिव विष्णु रिमालले सामाजिक संञ्जालमार्फत सार्वजनिक कार्यक्रममा फोटोको प्रयोग, आसन ग्रहण र मञ्च व्यवस्थापन सम्बन्धी पार्टीका निर्णयहरूका बारेमा नेता कार्यकर्ताहरूलाई परिपत्र गरिएको जानकारी दिएका थिए । तर अहिले पार्टी अध्यक्षको तस्वीरविना नै कार्यक्रमहरु सञ्चालन हुने भएका छन् । फागुन २१ गतेको निर्वाचनमा हरेक उम्मेदवारले केपी ओलीको तस्वीर विना नै प्रचार सामाग्री बनाएका थिए । फागुन २१ गतेको निर्वाचनमा हरेक उम्मेदवारले केपी ओलीको तस्वीर विना नै प्रचार सामाग्री बनाएका थिए । अहिले पनि केन्द्रीय कार्यालयले तयार पारेको र राजधानी प्रदेशको नाममा तयार पारेर प्रचार सामाग्रीमा ओलीको तस्वीर राखिएको छैन ।

