काठमाडौ ५चैत।
एसपी बसुन्धरा खड्कासहित १९ जना एसपीलाई प्रहरी प्रधान कार्यालयले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन अहम् भूमिका खेलेको भन्दै पुरस्कृत गरेको छ । एसपी खड्काले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र भावी प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको उम्मेदवारी रहेको झापा जिल्लाको कमाण्ड गरेकी थिइन् ।
पुरस्कृत हुने एसपीहरुमा बसुन्धरा खड्का, सिताराम रिजाल, सुमन कुमार तिमल्सिना, नरेशराज सुवेदी, सुधिरराज शाही, योगेन्द्र कुमार खड्का, अनुपम श्रेष्ठ, अङ्गुर जिसी, मनिषराज सापकोटा, गोविन्द पुरी, बासुदेव पाठक, यादव ढकाल, दिपक श्रेष्ठ, युवराज खड्का, सुदीप राज पाठक, दधिराम न्यौपाने, पुष्पराज मल्ल, श्यामु अर्याल र दिपक भारती छन्।
प्रहरी हेडक्वार्टरले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको भन्दै २ एआईजीसहित ६९ प्रहरी अधिकृतलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । पुरस्कृत हुनेमा २ एआईजी, ७ डिआईजी, ७ जना एसएसपी, १९ जना एसपी, १७ डिएसपी, चार इन्स्पेक्टर, ५ जना बरिष्ठ सई, बरिष्ठ हवल्दार १ जना, ३ हवल्दार, २ जना सहायक हवल्दार र २ जना जवानहरु पुरस्कृत भएका छन् । पुरस्कृत हुनेहरुलाई १ हजार ९ सयदेखि २ हजार ५ सय सम्म नगद पुरस्कारले पुरस्कृत गरिएको छ ।
