काठमाडौं, १२ चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ चैतमा प्रधानमन्त्री नियुक्ति गर्ने गरी संसदीय दलको नेता चयन गरेको छ । सांसदहरुको सपथग्रहणपछि बसेको रास्वपाको बैठकले बालेन्द्र (बालेन)साहलाई संसदीय दलको नेता चयन गरेको हो । संसदीय दलको नेता चयन भएपछि मन्त्री छनौटका लागि पार्टी सभापति रवि लामिछाने र बालेन आन्तरिक छलफलमा जुटेका छन् ।
केही दिनअघि दरबारमार्गस्थित होटल रोयल सिंगेमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन र उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डोलप्रसाद(डीपी) अर्यालबीच भएको छलफलमा बढीमा १८ सदस्यीय मन्त्रीमण्डल बनाउने करिब करिब सहमति भैसकेको छ । रास्वपाले प्रधानमन्त्री साहको सपथ लिएकै दिन केही मन्त्रीले पनि सपथ लिने गरी तयारी गरिरहेको छ ।
नेपाली अभियान चलाएर जेनजी आन्दोलनमा पानी बाड्ने अनुमति लिएका सुधन गुरुङले बालेन्द्र साहको नेतृत्वमा बन्ने सरकारमा गृहमन्त्री निश्चित भैसकेको चर्चा गर्न थालेका छन् । रास्वपाले भने कोही पनि व्यक्तिहरुको मन्त्री पद निश्चित भैनसकेको बताएका बेला गुरुङले आफू गृहमन्त्रीमा आउन लागेको भन्दै सरकारी निकायमा फोन गर्न थालेको सिंहदरवारभित्रका एक कर्मचारीले बताएका छन् । गुरुङ गृहमन्त्री नै नभएपनि अन्य कुनै मन्त्रालय लिएर सरकारमा सहभागी हुने बताइएको छ । गृहमन्त्रीमा भने रवि र बालेन दुवैले अस्वीकार गरेको स्रोतको दावी छ । उनी केही दिन अघि सिन्धोपाल्चोक पुगेर त्यहाँको अध्यागमन कार्यालयमा पनि पुगेका थिए । संसद भवनको निरिक्षणदेखि अन्य सरकारी निकायमा पुगेर चाडो सेवा प्रदान गर्न आग्रह गर्न थालिसकेका छन् । जसले गर्दा उनी कुनै न कुनै मन्त्रालय लिएर जिम्मेवारीमा जाने संकेत गरेको आभाष भैरहेको छ । यद्यपि सिंहदरवारमा उनको नाम गृहमन्त्रीको रुपमा चर्चा भैरहेको छ ।
उपसभापति अर्याललाई गृहमन्त्री तथा वाग्लेलाई अर्थमन्त्री बनाउने चर्चा रास्वपाभित्र चलेको बेला सुधन गृहमा सुधन गुरुङको हल्ला बढी रहेको छ । त्यस्तै, परराष्ट्र मन्त्रालयमा शिशिर खनाल र अमरेशकुमार सिंहको दाबी रहेको छ । अमरेश सिंहको मन्त्री पद निश्चित भएपनि मन्त्रालय टुंगो लागिसकेको छैन । गृहमा सुनिल लम्सालको पनि गृहमा चर्चा चलिरहेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
गृहमन्त्रीको लविङ गर्दै सुधन गुरुङ, बालेन र रवि दुवै असहमत
Previous Articleअक्षरको सहारामा बाँचेको स्वाभिमान
Next Article निर्वाचन सफल गराउने गृहमन्त्री अर्यालका १९१ दिन
