काठमाडौं, २० चैत । नयाँ शक्तिका रुपमा उदाएको रास्वपाको नेतृत्वमा करिब दुई तिहाईको सरकार गठन भएपछि विहिवार डाकिएको ससद बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह सवैभन्दा बढी चर्चाको केन्द्रमा रहे ।
उनी चर्चामा रहनुका धेरै मध्ये प्रमुख कारण ससदीय मर्यादा र परम्परामा ब्रेक हुनु हो । पहिलो बैठकमा प्रधानमन्त्रीले जननिर्वाचित ससदको सम्मान गर्ने र जनप्रतिधिहरुको स्वागत गर्दै जनता समक्ष आफ्ना प्रतिबद्धता राख्ने विश्वका अधिकाङ्श मुलुकको ससदीय परम्परालाई प्रधानमन्त्री बालेन्द्र शाहले ब्रेक गरे । उनको सट्टा रास्वपाका सभापति रवि लामिछानेले ससदलाई सम्बोधन गरे ।
जबकी सबै दलबाट दलका नेताले सम्बोधन गर्दा ससदीय दलको नेतासमेत रहेका प्रधानमन्त्री शाहले अरुकै सम्बोधन सुनेर ससदमा समय बिताए । त्यसक्रममा प्रतिपक्षको रोमा रहेका नेकपा ससदीय दलका नेता पुष्पकमल दाहाल, काङ्ग्रेस नेता भीष्म आङ्देम्बे, एमाले नेता रामबहादुर थापा बादलले उनको गतिबिधि पटक पटक नियालेका थिए ।
ससद सकिएपछी रास्वपाकै सासदहरुले प्रधानमन्त्रीको पोशाक र टपको चर्चा चलएका थिए । उनीहरुले प्रधानमन्त्रीले टप लगाएर ससद छिरे पनि देशको राष्ट्रिय पोशाकको सम्मानको लागि, विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रतीकको पहिचानका लागि पनि टोपी लगाइदिएको भए हुन्थ्यो भन्ने धारणा राखिरहेका थिए । कतिपय सासदले भने प्रधानमन्त्री र्यापर पनि भएकाले टप लगाउने कुरा सामान्य भएको टिप्पणी गरेका थिए ।
