काठमाडौं, २२ चैत । एमाले अध्यक्ष केपी शर्मा ओली अहिले प्रहरीको हिरासतमा रहेको बेला उनको रिहाइ प्रमुख विषय भएको भन्दै पूर्व राष्ट्रपति विद्या भण्डारी समूह चुपचाप बसेको छ । राजनीतिक प्रतिशोधको आधारमा सरकारले ओलीलाई पक्राउ गरेपछि एमालेभित्र ओलीको रिहाइनै पहिलो प्राथमिकता रहेको छ । सबै तहमा नेताहरु सरकारको प्रतिशोधपूर्ण निर्णयको विरोधमा छन् । तर यही बेला भण्डारी तथा उनको समूहमा रहेका सुरेन्द्र पाण्डे योगेश भट्टराई लगायतका नेताहरुलाई क्रस गरेर ओली विरुद्ध हस्ताक्षर अभियान चलेको भन्दै बुद्धिजीवी परिषदबाट चर्चा चलाइएको छ ।
बुद्धिजीवी परिषदमा ओलीको संस्थापनलाई हराएर गजेन्द्र थपलिया अध्यक्ष बनेका थिए । एक प्रकारले भन्ने हो भने यो ओली विरोधी जसंगठन हो, महाधिवेशनअघि पनि यसले ओलीको विषयमा मत सर्वेक्षण गरेको थियो । एमालेका अध्यक्षलाई रिहाई गरेपछि बस्ने बैठककमा चुनावी समीक्षा हुने र त्यसपछि मात्रै ओलीको सम्मानजनक बर्हिगमन खोज्ने बताइरहेका नेताहरुले अहिले नै हटाउनका लागि हस्ताक्षर अभियान चलाइएको असन्तुष्ट व्यक्त गरिरहेका छन् ।
संस्थापन पक्षका महासचिव लगायतका नेताहरुले गल्ती गरेको भन्दै संस्थापनतिरकै अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडाल र पूर्वमहासचिव नरेश रोकायसहितको समर्थनमा विद्यार्थीले तीन दिन लगातार पार्टी कार्यालयमा धर्ना दिएका थिए । शनिबार केन्द्रीय सचिवालय बैठक चल्नुअघि सांकेतिक रूपमा गुलाफको फूल पनि दिएका थिए ।
विशेष महाधिवेशनको हस्ताक्षर अभियान भने पार्टीनिकट बुद्धिजीवी परिषद्मा रहेका जनवर्गीय संगठनका नेताले चलाउन खोजेका छन् । उनीहरूले हस्ताक्षर संकलनका लागि व्यहोराको मस्यौदा बनाएर दबाबका लागि सार्वजनिकसमेत गरेका छन् । मस्यौदा सार्वजनिक गर्नुअघि परिषद् अध्यक्ष गजेन्द्र थपलियाले एमालेलाई पुनस्र्थापित गर्न पाँच विकल्प सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । उनी तत्कालीन प्रधानमन्त्री ओलीका सल्लाहकारसमेत थिए । थपलियाले दबाब नदिईकन नेताहरु लाइनमा नआउने भन्दै अहिलेलाई स्वतस्फुर्त अभियान शुरु गरिएको भनिरहेका छन ।
केही दिनअघि जनसंगठनका अध्यक्षहरू डाकिएको बैठकमा थपलियाले महासचिव शंकर पोखरेल र मोर्चा प्रमुख भानुभक्त ढकालकै अगाडि ओलीले राजीनामा दिएर पार्टीलाई तलैसम्म पुनर्गठन गर्नुपर्ने धारणा राखेका थिए । पार्टीलाई पुनस्र्थापित गर्न नैतिकताका आधारमा मूल नेतृत्वले राजीनामा दिएर नयाँ नेतृत्वसहित नयाँ शिराबाट अघि बढ्ने या मूल नेतृत्वले राजीनामा नदिए बहुमत पदाधिकारीले दबाब सिर्जना गर्नुपर्ने उनको भनाइ थियो । उनले हस्ताक्षर नै संकलन गरेको भनेर प्रचारबाजी गराइरहेको विषयमा भने विद्या भण्डारी समूह पूर्णतः असहमत रहेको छ । ‘राजनीतिक प्रतिशोध साँधिएका बेला यो पूर्णतः गलत कदम हो,निर्वाचनको समीक्षापछि ओलीको सम्मानजनक बर्हिगमन होस भन्ने नेतादेखि कार्यकर्ताहरुको चाहाना छ, तर यतिबेलै वा तत्कालै भन्ने होइन, यसको पनि विधि हुन्छ, प्रकृया हुन्छ, छलफल हुन्छ,हतारमा कुनै पनि निर्णय हुँदैन, यसले पार्टीलाई हानी गर्छ’, भण्डारी पक्षका एक नेताले भने ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Article‘पहिला ओलीको रिहाई, अनि हस्ताक्षर अभियान, अहिलेलाई दबाब’
Next Article सभामुखले कार्यभार सम्हाले
