काठमाडौं, २३ चैत ।
परराष्ट्रमन्त्री शिशिर खनाल मोरिसस जाने भएका छन् ।नबौं इन्डियन ओसन कन्फरेन्समा सहभागी हुने क्रममा उनी मोरिसस जान लागेका हुन् ।
परराष्ट्रमन्त्री भएपछि उनी पहिलो बिदेश भ्रमणमा जादैछन् ।
परराष्ट्र प्रबक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, ‘कार्यक्रमा नेपालको सहभागिताका लागि निमन्त्रणा प्राप्त भएको छ। माननीय परराष्ट्र मन्त्रीज्यूको सहभागिताका लागि मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ।’
कार्यक्रम आउदो अप्रिल १० देखि १२ सम्म मोरिससमा हुनेछ जहाॅ भारतीय बिदेशमन्त्री डा एस जयशंकर, भूटानका बिदेशमन्त्री दीनानाथ ढुंगेललगायत सहभागी हुनेछन् ।
