काठमाडौँ, २३ चैत ।
सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको अहिलेको स्थिति एकिन गर्न ५ सदस्यीय अध्ययन समिति गठन गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शिवप्रसाद रेग्मीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।
समितिलाई फेवातालको चार किल्ला सिमानाभित्रको जग्गाकोहालको अवस्था र निर्माण भएका संरचना लगायतको अध्ययन गर्ने कार्यदेश दिइएको छ भने फेवातालको क्षेत्रभित्र पर्ने सम्पूर्ण कित्ता जग्गाको यथार्थ विवरण संकलगरी अभिलेखीकरण कार्य पनि गर्नेछ।
ताल क्षेत्रभित्र परेका निजी तथा सरकारी जग्गाको अवस्था, दर्ता स्थिति र प्रयोगको अवस्थाबारे विस्तृत अध्ययन गरिने मन्त्रालयको भनाई छ।
समितिलाई ताल
क्षेत्रफलभित्रका सबै कित्ताको एकिन विवरणसहित प्रतिवेदन तयार पारी पेस गर्न ७ दिनको समय दिइएको मन्त्रालयले जनाएको छ ।
