सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आजै नयाँ मन्त्रीहरुको शपथ हुन सक्ने बताएका छन् ।
अखिल नेपाल महिला संघ (समाजवादी) ले आज आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोध गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीका तर्फबाट सरकारमा पठाइएका मन्त्रीहरुको आजै शपथ हुन सक्ने बताए ।
पार्टीले निर्णय गरेर पठाएको नाम फेरवदल नहुनेतर्फ संकेत गर्दै अध्यक्ष नेपालले भने, ‘छिट्टै नयाँ मन्त्रीहरुको शपथ हुन्छ । आजै हुने पनि सम्भावना छ ।’ अध्यक्ष नेपालले मन्त्री फेर्ने आफ्नो पार्टीले गरेको निणर्य छिटो कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन् ।
नेपालले भने, ‘बाहिर चलेका कुरा नसुन्नुहोस् । इमान्दार कार्यकर्ताले पार्टीको निर्णय मान्छ । पार्टीको निर्णय अक्षरस कार्यान्वयन हुनेमा ढुक्क हुनुहोस् ।’ अध्यक्ष नेपालले आफ्ना केही मन्त्रीले पदबाट राजीनामा दिएको र उक्त राजीनामा पत्र आफ्नो खल्तीमा बोकेर हिंडिरहेको बताए । तर अध्यक्ष नेपलालले राजीनामा दिएका मन्त्रीहरुको बारेमा केही बताएनन् ।
अध्यक्ष नेपालले भने, ‘केही मन्त्रीहरुको राजीनामा मेरो गोजीमा छ, सरकारले आफ्नो पार्टीको निर्णय कार्यान्वयन गरेसँगै राजीनामा दिने मन्त्रीको नाम सार्वजनिक गर्छु ।’ मन्त्री फेर्ने विषयलाई लिएर नेकपा एसभित्रको विवाद यतिबेला उत्कर्षमा पुगेको छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९