सन्दीपविरुद्ध तेस्रो पटक म्याद थप्ने तयारी

सन्दीपविरुद्ध तेस्रो पटक म्याद थप्ने तयारी


सन्दीपविरुद्ध तेस्रो पटक म्याद थप्ने तयारी

काठमाडौं- प्रहरीले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज तेस्रो पटक म्याद थप्ने तयारी गरेको छ। बलात्कार आरोप लागेका सन्दीपविरुद्ध आज तेस्रो पटक पुनः म्याद थप्न हुन लागेको हो।

सन्दीपविरुद्ध दोस्रोपटक हिरासतमा राख्न अदालतसँग लिइएको पाँच दिनको अनुमति मंगलबार सकिए पनि सार्वजनिक बिदा परेकाले आज म्याद थप हुने बताइएको छ। म्याद थपका लागि अदालतमा बुझाउने तयारी भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए। अनुसन्धान गर्न थप समय आवश्यक भएकाले हिरासतमा राख्न अनुमति मागिने उनको भनाइ छ।प्रहरी वृत्त, गौशालाबाट उनीविरुद्धको मुद्दाको अनुसन्धान गरिरहेको छ।

एक नाबालिगले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै उनीविरुद्ध भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो।


प्रकाशित मिति: बुधबार, २ कार्तिक, २०७९, ११:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९