मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

आमाप्रति विशेष भक्ति


मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

काठमाडौं । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन आमाको मुख हेर्ने पर्व मनाइने गरिन्छ ।

आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ आज देशभर यो पर्व मनाइँदै छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यो दिनलाई आमाको मुख हेर्ने दिन भनिएको हो ।

मातातीर्थ औँसीका दिन आज काठमाडौंको थानकोटनजिकै अवस्थित मातातीर्थमा धूमधामका साथ मेला लागेको छ । तीर्थाटनमा सहभागीहरूले मातातीर्थ कुण्डमा स्नान गरिरहेका छन् ।

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झिरहेका छन् ।


प्रकाशित मिति: आइतबार, १४ बैशाख, २०८२, १०:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९