आज ३१६ सङ्क्रमित थपिए, २५९ घर फर्किए

आज ३१६ सङ्क्रमित थपिए, २५९ घर फर्किए

पौडेलले १२ हजार ७२७ जनामा कोरोना परीक्षण गर्दा ३१६ जनामा सङ्क्रमण देखिएको बताए ।


आज ३१६ सङ्क्रमित थपिए, २५९ घर फर्किए

 

काठमाडौँ,  : पछिल्लो २४ घण्टामा थप ३१६  जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको आज नियमित पत्रकारसम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले १२ हजार ७२७ जनामा कोरोना परीक्षण गर्दा ३१६ जनामा सङ्क्रमण देखिएको बताए ।

उनका अनुसार सक्रिय सङ्क्रमित छ हजार ९५४ पुगेको छ । उनले पछिल्लो समय थप २५९ जना कोरोनाबाट निको भएर घर फर्किएको बताए ।

योसँगै निको हुनेको सङ्ख्या आठ लाख तीन हजार १६८ पुगेको छ । निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

५०० भन्दा बढी सङ्क्रमण भएको जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् । २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लाहरुमा सुनसरी, धनुषा, भक्तपुर, कास्की, पूर्व नवलपरासी, बाँके र कैलाली रहेका छन् । 

यस्तै शून्य सङ्क्रमित भएका जिल्ला मनाङ, हुम्ला,सल्यान जाजरकोट र मुगु रहेका छन् । नेपालमा सङ्क्रमण दर १७.७ प्रतिशत रहेको छ । उनका अनुसार हाल होम आइसोलेसनमा छ हजार ६१०, संस्थागत आइसोलेसनमा ३४४, आइसियुमा १२० र भेन्टिलेटरमा ३७ जनाको उपचार हुँदैछ ।  

कोरोनाबाट तीन जनाको मृत्यु 

मन्त्रालयका प्रवक्ता डा. पौडेलले पछिल्लो २४ घण्टामा कोरोनाबाट आज थप तीन जनाको मृत्यु भएको जानकारी दिए । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२९ पुगेको छ । 

त्यसैगरी पछिल्लो समय दुई लाख २७ हजार ५८४ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको उनले बताए । अहिलेसम्म पहिलो मात्रा एक करोड ३० लाख ४०८ जनाले र पूर्ण मात्रा ८५ लाख  १४ हजार ६८४ जनाले खोप लगाएका छन् । 

 


प्रकाशित मिति: बुधबार, १५ मंसिर, २०७८, २०:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९