स्वास्थ्य मन्त्रालयले भन्यो– अत्यावश्यक काम वाहेक विदेश भ्रमण नगर्नु

स्वास्थ्य मन्त्रालयले भन्यो– अत्यावश्यक काम वाहेक विदेश भ्रमण नगर्नु

कोभिड–१९ को ओमिक्रोन भेरिएण्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न हुन तथा साबधानी अपनाउनुहुन मन्त्रालयले अपिल गरेको हो


स्वास्थ्य मन्त्रालयले भन्यो– अत्यावश्यक काम वाहेक विदेश भ्रमण नगर्नु

काठमाडौँ, ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ । 
कोभिड–१९ को ओमिक्रोन भेरिएण्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न हुन तथा साबधानी अपनाउनुहुन मन्त्रालयले अपिल गरेको हो । 
 सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा सङ्क्रमण फैलिन नदिनका लागि अत्यावश्यक काम वाहेक विदेश भ्रमण नगर्न आग्रह गरिएको बताए  । उनका अनुसार हालसम्म उक्त भेरियन्ट नेपालमा फेला परेको छैन ।

उनले ओमिक्रोन भेरियन्टको आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको बताउनुभयो “नयाँ देखिएको यो भेरिएण्टलाई समयमै सावधानी अपनाई नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न मन्त्रालय तथा सबै निकाय तीब्र रूपमा एक भएर काम गरिरहेको अवस्था छ” उनले विज्ञप्ति जारी गर्दै भनेका छन् । 

उनका अनुसार उक्त भेरियन्ट बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूमा असर पार्ने देखिएको छ । ओमिक्रोन सङक्रमण रोक्न  सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन समेत मन्त्रालयले अनुरोध गरेको छ । 

केहि दिन अघि मात्र अफ्रिकी मुलुकमा पहिचान गरिएको ओमिक्रोन भेरिएन्ट (द्य.१.१.५२९) साउथ अफ्रीका तथा एशियाका केहि मुलुकहरूमा अहिले तीव्र विस्तार भइरहेको अवस्था छ ।

विश्व स्वास्थ्य संगठनले यो नयाँ भेरिएण्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा गरेको छ । 
मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपले कोभिड–१९ रोगबाट बचाउन मद्दत गर्ने भएकोले आफूलाई पायक पर्ने ठाउँमा गई खोप लगाउनु हुन पनि अनुरोध गरेको छ । 

 

 


प्रकाशित मिति: बुधबार, १५ मंसिर, २०७८, २१:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९