मन्त्री खतिवडाको विशेष पहलपछि टेकु अस्पातालमा अबदेखि निशुल्क उपचार

मन्त्री खतिवडाको विशेष पहलपछि टेकु अस्पातालमा अबदेखि निशुल्क उपचार

निर्देशकका रुपमा डा। मनिषा रावलले जिम्मेवारी सम्हालेसंगैं मन्त्री खतिवडाको विशेष चासो र निर्देशनपछि यो व्यवस्था गर्न लागिएको हो ।


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको विशेष निर्देशन पछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको इमरजेन्सी सेवा निशुल्क हुने भएको छ । 
नेपालको संविधानमा स्वास्थ्यको हकलाई मौलिक हकका रुपमा उल्लेख गरेसंगैं सबै सरकारी अस्पतालबाट  निशुल्क स्वास्थ्य सेवा दिलाउने लक्ष्य अन्तर्गत  पहिलो चरणमा टेकुबाट यो अभियान सुरु गर्न लागिएको हो ।

कोरोना भाइरसको तेस्रो लहरले हुनसक्ने संभावित जोखिम समेतलाई मध्यनजर गर्दै जनताको स्वास्थ्यको हक सुनिश्चित गर्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले यही मंसिर १९ गतेदेखि यो व्यवस्था लागु गर्न लागेको हो । 

निर्देशकका रुपमा डा। मनिषा रावलले जिम्मेवारी सम्हालेसंगैं मन्त्री खतिवडाको विशेष चासो र निर्देशनपछि यो व्यवस्था गर्न लागिएको हो । यसका लागि आवश्यक सहजीकरण र व्यवस्थापनमा मन्त्रालयले नै सहयोग गर्ने भएको छ ।

अस्पतालका तर्फबाट निर्देशक डा। रावलले मंरसिर १५ गते नै पत्र लेखेर अवगत गराइसकेकी छन् ।  सो अस्पतालमा इमरजेन्सी विभागमा आएका विरामीहरुको पछिल्लो २४ घण्टा भित्र हुने परिक्षण र उपचार शुल्क देखि टिकट सम्म सबै निशुल्क हुने व्यववस्था गरिएको हो ।

निशुल्क अन्तर्गत रगत परिक्षण, एक्सरे, इसीजी, टिकट लगायतका सुविधा र २४ घण्टा भित्रको परिक्षण सुविधा र लाग्ने औषधी समेत रहेको मन्त्रीको सचिवालयले जनाएको छ । ‘सिवीसी, आरबीएस, युरीया क्रियटीभ, सोडीयम, पोटासियम, युरीन आरएमइ, स्टुल आरएमइ , एक्सरे चेस्ट, इसीजी, ब्लड ग्रुपीङ, सिटी लगायत रहेका छन् ।

‘यो व्यवस्थाले जनमुखी सरकारको प्रत्याभुती दिने र नेपाल सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुने’ मन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिए  । आगामी दिनमा अन्य सरकारी अस्पतालहरुमा समेत यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनेबारे पहल भैरहेको उनले बताए । 


प्रकाशित मिति: शुक्रबार, १७ मंसिर, २०७८, २०:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९