यही पुस ४ गतेदेखि बालबालिकालाई स्कुलमा नै खोप लगाइने

यही पुस ४ गतेदेखि बालबालिकालाई स्कुलमा नै खोप लगाइने

१२ देखि १७ बर्ष उमेर समूहका बालबालिका लागि स्कुलमा नै खोप केन्द्र राखेर खोप लगाइने


 यही पुस ४ गतेदेखि बालबालिकालाई स्कुलमा नै खोप लगाइने


काठमाडौँ, ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले बालबालिकालाई स्कुलमा नै पुगेर कोरोना भाइरस विरुद्धको खोप लगाउने बताएका छन् ।

उनले १२ देखि १७ बर्ष उमेर समूहका बालबालिका लागि स्कुलमा नै खोप केन्द्र राखेर खोप लगाइने बताए । उनका अनुसार यही पुस ४ गतेदेखि बालबालिकालाई खोप लगाइने छ ।  

सरकारले १२ देखि १७ बर्ष उमेर समूहका बालबालिका लागि कोरोना भाइरस विरुद्धको खोप लगाउनका लागि मोडर्ना खोप ल्याएको छ । 
उनले बुस्टर डोज लगाउनका लागि सरकारले नीतिगत र व्यवहारिक रुपमा तयारी गरिसकेको बताए । 

“महामारी फैलिदै गयो भने वुस्टर डोज आवश्यक रहेको छ । प्रधानमन्त्री शेरवहादुर देउवासंग पनि बुस्टर डोज लगाउने बारेमा मेरो सल्लाह भइसकेको छ,” मन्त्री खतिवडाले भने, “थप सुरक्षित हुनका लागि दुई मात्रा लगाएका व्यक्तिले ६ महिनापछि बुस्टर  डोज लगाउने हो । आवश्यक पर्दा सरकार बुस्टर डोज दिन तयार रहेको छ ।” 

नेपालमा भेरोसेलको दुई मात्रा लगाएका ६० बर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई भने सरकारले अतिरिक्त एक मात्रा खोप दिने यसअघि नै निर्णय गरेको छ । 
विश्व स्वास्थ्य सङ्गठनले ज्येष्ठ नागरिक, अशक्त विरामी, मुटु रोगी, मृर्गौला, दीर्घरोगीलाई मात्र बुस्टर डोज लगाउनका लागि सिफारिस गरेको छ । 


प्रकाशित मिति: बिहिबार, १ पुस, २०७८, ०७:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९