प्रेस चौतारीको नवौं महाधिवेशन स्थगित

प्रेस चौतारीको नवौं महाधिवेशन स्थगित


 प्रेस चौतारीको नवौं महाधिवेशन स्थगित

काठमाडौँ, । प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन स्थगित गरिएको छ । 

यही माघ २२ र २३ गते पोखरामा हुने भनिएको महाधिवेशन अर्को सूचना जारी नहुँदासम्म स्थगित गरिएको प्रेस चौतारीका अध्यक्ष गणेश वस्नेतले जानकारी दिए । 

उनले कोरोना भाइरस सङ्क्रमण बढेसँगै सरकारले स्वास्थ्य मापदण्ड अनुुसार २५ जना भन्दा बढीको भौतिक उपस्थितिमा कुनै पनि कार्यक्रम नगर्न निर्देशन दिएपछि महाधिवेशन स्थगित गर्नु भएको बताए । यसअघि प्रेस चौतारीले प्रदेश अधिवेशनमा पनि स्थगित गरेको थियो । प्रेस चौतारीको प्रदेश अधिवेशन यही माघ २ र ४ गते तोकिएको थियो । 

गत पुस १२ र १३ गते लुम्बिनीमा भएको चौतारी नवौं महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो । 

 


प्रकाशित मिति: सोमबार, ३ माघ, २०७८, २२:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९