काठमाडौँ, ३० चैत ।
केपी ओली र रमेश लेखकलाई पक्राउ नगरे गृहमन्त्रालयमा अनसन बस्छु भन्ने गृहमन्त्री सुधन गुरुङ सोमबार राती आइजीपी दानबहादुर कार्की निवासमा पुगेका छन् । उनले कानून मन्त्री सोविता गौतमलाई पनि साथमा लिएर नक्सालस्थित प्रहरी प्रमुख दानबहादुर कार्कीको सरकारी निवास पुगेका हुन् । गृहमन्त्री गुरुङ र आइजीपी कार्कीबीच अहिले करिब १ घण्टा कुराकानी भएको थियो । कानुनी परामर्शका लागि त्यहाँ पुगिएको भनिएपछि गृहमन्त्री गुरुङले केही व्यक्तिहरुको सूची लिएर पक्राउ गर्न निर्दैशन दिएको बुझिएको छ । ‘गृहमन्त्रीज्यूले केही व्यक्तिहरुको सूची थमाएको देखिन्छ, आजै केही हुन्छ कि जस्तो छ’, स्रोतले भन्यो ।
गुरुङको सूचीमा केही व्यापारीहरुको समेत नाम भएको बताइएको छ । यसैगरी केही राजनीतिक व्यक्तिहरु पनि पक्राउको सूचीमा रहेका छन् । ‘आज नै कोही ठूलै व्यक्ति उठाउनु पर्यो भनिरहेका छन्, यसका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयलाई जिम्मा दिएको बुझिन्छ,’स्रोतले भन्यो ।
