काठमाडौ, १ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्षको शुभकामना दिएका छन ।
रिहापछी टिचिङ अस्पतालमै रहेका ओलीको सोमबार पित्तथैलीको अपरेशन गरिएको थियो । अहिले उनी अस्पतालमै आराम गरिरहेका छन ।
उनले शुभकामना दिदै भनेका छन :
सफलता या विफलता, अवसर या चुनौती, कमजोरी होउन् वा उपलब्धि – २०८२ अब इतिहास भयो।
इतिहासको समीक्षा गर्दै र भविष्यलाई नियाल्दै, नयाँ वर्ष २०८३ ले सुरक्षित र समृद्ध नेपालका लागि ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’ बीचको एक सार्थक ‘सिनर्जी’ सिर्जना गरोस्।
नयाँ वर्ष २०८३ को सबैमा हार्दिक शुभकामना !
