नयाँ वर्ष २०८३ को अवसरमा व्यक्तिगत उत्सवभन्दा राष्ट्रप्रतिको जिम्मेवारीलाई प्राथमिकता दिँदै गरेको संकल्प गर्न मन लाग्याे। मनमा उठेको यी विचारले न्याय, सुशासन र समृद्ध नेपालप्रतिको नागरिक अपेक्षा झल्काएको छ।
नयाँ वर्षको पहिलाे दिन म कही होटल वा रिसोटमा घुम्न गईन ! बरु मन्दिर गएर , नया बर्ष र नया दिनको सुरुवात गरे ! भगवान संग पनि एउटै पुकार गरे अब यो देश सधैको लागि राम्रो होस ,
जनताले योग्यता अनुसारको रोजगारी र सुखी जीवन पाउन ,
नेपाल सबृद्ध होस र नेपाली सुखी होउन ,
संसारले नेपाललाई वा रे वा नेपाल भनोस र संसारका सामु नेपाली भएकोमा गर्ब महसुशगर्न पईयोस ।
यति प्रार्थाना गरिरहदा गम्भिरतापूर्वक जिम्मेबार भएर केही प्रतिबद्धता पनि गरे !
-बिधीको शासन मिचियो भने , कानुन उलंघन भयो भने , मेरो तर्फबाट डटेर प्रतिरोध हुन्छ जो हिजो पनि गरिएको थियो र आज पनि गरिनेछ ।
-सरकारबाट नागरिक माथी अन्याय अत्याचार भयो भने बिरोध गरिन्छ तर देश बिकास र जनहितको काममा बालेन सरकारलाई पूर्णरुपमा ५ बर्ष समर्थन रहन्छ ।
-गरिब निमुखा र निरिहको न्याको पक्षमा सडक र अदालतमा बहस पैरबीलाई निरन्तरता दिईनेछ ।
- मानब अधिकारको रक्षा र अदालतको सम्मान बढाउने कार्यमा लागि परिरहने छु ।
- एक्लै भएपनि गलत र सहीमा सही कुराको समर्थन गर्दै राज्यलाई नागरिकको तर्फबाट प्रश्न गरिरहन्छु !
-नया सरकार प्रति आम नागरिकको जस्तै मेरो पनि आशा, बिश्बास र भरोषा रहेकोले राम्रो र जनहीतकारी काम प्रति सदैब मेरो साथ सहयोग रहन्छ त्यसैले देश र जनतालाई सर्बोपरी राखी काम गर्न बालेन सरकारलाई बिशेष अनुरोध गर्दछु ।
म एक सामान्य मानिस मात्र हु मेरो कुरा र कामले यत्रो तीन करोड जनसंख्या भएको देशमा यहाको समाज र सरकारलाई केही फरक नपर्ला तर - एउटा मान्छेले बालेको एउटा पलास्टिकले पनि बायुमण्डल प्रदुशित हुन्छ त्यसतै एउटा मान्छेले रोपेको पिपलको बोटले पनि संसारमा अक्सिजन प्रदान गर्दछ !
-त्यसैले म सधै आफ्नो कर्मलाई बिश्वास गर्छु , समाजमा मेरो तर्फबाट सकारात्मक योगदान रहीरहने छ सबै प्रति सकारात्मक छु सबै प्रति सम्मान गर्ने प्रतिबद्धता जाहेर गर्दछु ।
-हिजोबाट सिक्दै, आजलाई स्वीकार्दै र भबिश्यमा अझ राम्रो गर्ने प्रतिबद्धता गर्दछु !
