काठमाडौं, २ वैशाख । एमाले महासचिव शंकर पोखरेलले पार्टीको नेतृत्व पुर्नगठन हुने संकेत गरेका छन् । उनले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै यस्तो संकेत गरेका हुन् ।
हेरौ उनको भनाई जस्ताको तस्तैः
यतिबेला नेकपा (एमाले) आम निर्वाचन ०८२ मा बेहोर्नु परेको पराजयपछि समिक्षाको चरणमा प्रवेश गरेको छ। निर्वाचन समिक्षाको काम वडा, पालिका र जिल्ला तहमा सञ्चालन भइरहेको छ। प्रदेशबाट समिक्षा प्रतिवेदन प्राप्त भइसकेपछि केन्द्रिय सचिवालयका तर्फबाट समिक्षा प्रतिवेदन तयार गरिने छ ।
निर्वाचन समिक्षाका सन्दर्भमा केन्द्रीय सचिवालयले अनलाइन प्रश्नावली तयार गरी अगुवा कार्यकर्ताबाट व्यक्तिगत सुझावसमेत संकलन गरिरहेको छ। यी सम्पूर्ण तथ्य र सुझावका आधारमा पार्टी अध्यक्षको उपस्थितिमा केन्द्रिय सचिवालयमार्फत केन्द्रीय कमिटीले समग्र समिक्षा गरी पार्टीको संस्थागत दृष्टिकोण तय गर्नेछ।
निर्वाचन समिक्षाका आधारमा पार्टीलाई योजनावद्ध रुपमा पुनर्जागृत र पुनर्गठित गरिनेछ। त्यसैले यस अवधिमा नियोजित तथा प्रायोजित रुपमा पार्टीलाई विवादित र कमजोर बनाउने उद्देश्यले भइरहेका प्रचारबाजीबाट प्रभावित नहुन सम्पूर्ण पार्टी पंक्तिलाई हार्दिक अनुरोध छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
निर्वाचनको समीक्षापछि पार्टीलाई पुनर्गठित गरिन्छः शङ्कर पोखरेल
Previous Articleकर्मचारीलाई शर्तनामासहित नौ बुदे कडा आचारसंहिता
