काठमाडौं, २ वैशाख । संचार तथा सुचना प्रविधी मन्त्रालयले कर्मचारीहरुलाई शर्तनामा नै गराएर नौ बुदे कडा आचारसंहिता पालना गराउने भएको छ ।
मन्त्रालयले तयार पारेको आचारसंहिताको मस्यौदामा कर्मचारीलाई पालना गर्न हस्ताक्षर गराइनेछ । नियमभित्र रहनुपर्ने, तोकिएको जिम्मेवारी पूरा गर्नुपर्ने, मितब्ययी बन्नुपर्ने, कार्यकक्ष सफा राख्नुपर्ने लगायतका शर्तहरु आचारसंहितामा उल्लेखित छन ।
